सर्लाही जिल्लाकै उत्कृष्ट सामुदायिक विधालयमा 'रामवनको सरस्वती' 

हाम्रो विधालयको खाजा पुर्ण शुद्ध र पौष्टिकयुक्त भएको देवीले दावी

२०७६ कार्तिक ६ बुधबार
बिहान ११:५६ बजे
राधेश्याम कुशवाहा

न्यूज ब्यूरो, सर्लाही । गुणस्तरीय शिक्षा दिने , राम्रो व्यवस्थापन भएको तथा भौतिक पुर्वाधार सम्पन्न विधालय भन्ने बित्तिकै मानिसहरूको दिमागमा महङ्गो शुल्क लिने आवासीय विधालय आउँछ । देशमा शिक्षा क्षेत्रमा भएको राजनीतिक , चरम भ्रष्टाचार र व्यापारका कारण सामुदायिक विधालय लागत अनुसारको उत्पादनमुखि , व्यवहारिक गुणस्तरीय तथा समयसापेक्ष शिक्षा दिन नसकेको विगतमा भएको केही अध्ययनले प्रमाणित गरेका छन।

 

तर सर्लाही जिल्लाको गोडैता न.पा - ५ रामवनमा रहेको श्रीमती सरस्वती देवी कुशवाहा सा. आधारभूत विधालय पठनपाठन , भौतिक पुर्वाधार , व्यवस्थापन तथा गुणस्तरीय शिक्षा दिनमा सर्लाही जिल्लामै उत्कृष्ट बन्न सफल भएका छन् ।यो विधालय वि.स. २०६५ सालमा दस पन्द्रह विधार्थी र एउटा शिक्षक राखेर निजि भवनमा झोले विधालयको रूपमा सन्चालन भएको थियो। सुरुवातमा बालबालिकालाई चकलेट , बिस्कुट , कापी , पेन्सिल , झोला र जुत्ताको प्रलोभन देखाई विधालयमा पढन आउनका लागि आकर्षित गर्ने गरेको संस्थापक रामचन्द्र कुशवाहाले बताए । बाल संरक्षण संस्था शाखा लालबन्दीकी संयोजिका राधा घिमिरे पनि बेला - बेलामा आएर विभिन्न किसिमका बालमैत्री कार्यक्रम गरि विधालय सन्चालन गर्नमा महत्त्वपूर्ण योगदान दिनुभएको कुशवाहाको कथन रहेका छन ।

 

 गाउँका टोल - टोलमा गई विभिन्न किसिमका बालमैत्री कार्यक्रम सन्चालन गरि बालबालिकालाई विधालयसम्म ल्याएको कुशवाहाले बताए । आरम्भमा विधालयमा विधार्थी ल्याउन धेरै नै समस्या हुने गरेको थियो । झोले विधालयको रुपमा भर्खरै निजि भवनमा सन्चालन आएको विधालयप्रति अभिभावकहरु सकारात्मक थिएन तर हामी हिम्मत हारेनाैं । निरन्तर संघर्षशिल र प्रयासत रहयाैं । हाम्रो निरन्तर मिहिनेत र प्रयासले बिस्तारै - बिस्तारै अभिभावकको मनसायमा पनि सकारात्मक परिवर्तन हुँदै गयो । अभिभावक सकारात्मक भएपछि विधालयमा दिनप्रतिदिन विधार्थीको संख्यामा वृद्धि हुन थाले । निजि घरमा बालविकासबाट सन्चालन भएको विधालयलाई आधारभूत तहसम्म ल्याउनमा जमिनदाता सुमिन्त्रा देवी , सखिया देवी र सोनावती देवीको पनि अतुलनीय योगदान रहेको संस्थापक कुशवाहाले बताए ।

 

 

आधारभूत तहसम्म पढाइ हुने यस विधालयमा अहिले करिब लगभग ८०० विधार्थीहरु रहेका छन। विधालयमा ८ वटा सुविधा सम्पन्न कक्षाकोठा , शुद्ध खानेपानीको साथै व्यवस्थित छात्र - छात्रा शौचालय पनि रहेका छन । अहिले विधालयमा सातवटा शिक्षक , दुईवटा बालविकास , एउटा निजि स्रोत , एउटा कार्यलय सहायक र एउटा अभियान नेपाल सामुदायिक सिकाई केन्द्रको तर्फबाट गरी जम्मा ११ वटा शिक्षक रहेको प्र.अ रामप्रकाश महतोले बताए ।

 

 "हामी विधालयको विकासका लागि पुर्ण प्रतिबद्ध छौ ।" आजको बालबालिका भोलिको देशको कर्णधार हुन । देश विकासका लागि शिक्षा नै एउटा प्रमुख माध्यम भएकाले हाम्रो विधालयलाई राजनीतिक महौलबाट टाढा राखेको विधालय व्यवस्थापन समितिको अध्यक्ष शिवप्रसाद महतोले बताए । परिमाणस्वरुप एउटा निजि भवनमा झोले विधालयको रुपमा सन्चालनमा आएको हाम्रो विधालय एक दशकमै १० कठ्ठासम्म फैलिएको फराकिलो जमिनमा व्यवस्थित खेलकुद मैदानसहित भौतिक पुर्वाधार सम्पन्न विधालयको रुपमा आफुलाई उभ्याउन सफल भएको अध्यक्ष महतोको कथन रहेका छन ।

 

 हाम्रो विधालयले गोडैता नगरपालिकामै सबैभन्दा पहिला फाल्गुन १३ गतेदेखि  दिवा खाजा कार्यक्रम सन्चालन गरेको दिवा खाजा कार्यक्रम व्यवस्थापन समितिकी अध्यक्ष गायतर देवीले बताईन । हामी खिचडी , सुजीको हलुवा , चना भुजा , खिर र फलफूल गरी हप्ताको प्रत्येक दिन बालबालिकालाई फरक - फरक परिकार खुवाउने गरेकी देवीले बताइन । हाम्रो विधालयको खाजा पुर्ण शुद्ध र पौष्टिकयुक्त भएको देवीले दावी समेत गरिन ।

 

यस विधालयको सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथिको रुपमा पत्रकार ऋषि धमला , अस्ट्रेलियाको पिटर जोन र नेपाली काङ्ग्रेसको युवा नेता डा.अमरेश कुमार सिंह, शेखर कोइराला जस्ता वरिष्ठ व्यक्ति आइसकेका छन । विधालय अनुगमन गर्न महेन्द्र महतो जि.शि.अ(२०६८-०९-२५ गते) , विधालय निरीक्षक ओम विश्वकर्मा (२०६९-०८-१२ गते) , सेभ द चिल्ड्रेनको वरिष्ठ शिक्षा संयोजक पुष्वल्भ खतिवडा र शिक्षा संयोजक टिकाराम नेपाली , साउथ एसिया डायरेक्टर pb sanjib( programme development support) , अर्जुन श्रेष्ठ , सुर्योदय शैक्षिक प्रतिश्ठान अध्ययन काठमाडाैं(२०६४-१२-११गते) , विवेक झा(Asian programme officer)विश्व शिक्षा कार्यक्रम काठमाडाैं र ओपेन्द्र मण्डल जि.शि.अ (२०६४-०७-२१) जस्ता प्रसिद्ध व्यक्ति आइसकेको इतिहास छ।

 

  यस विधालयलाई अभियान नेपाल सामुदायिक सिकाई केन्द्र , नेपाल भारत मैत्री संघ , सेभ द चिल्ड्रेन , नेपाल प्रज्ञा प्रतिश्ठान , नेपाल कुशवाहा कल्याण समाज र सर्वाङ्गीण विकास तथा ग्रामीण सेवा समाज जस्ता दर्जनौं भन्दा बढी संघसंस्थाले पठनपाठन र भौतिक पुर्वाधारमा उत्कृष्ट रहेको भनी प्रशंसापत्र प्रदान गरिसकेका छन।  यस विधालयको विधार्थीहरु पढाईको साथै अतिरिक्त क्रियाकलाप वक्तुत्वकला , हाजरिजवाफ प्रतियोगिता खेलकुद तथा गित संगितमा राम्रो प्रदर्शन गरि प्रमाणपत्र र शिल्ड प्राप्त गरेको गोडैता नगरप्रमुख देवेन्द्र यादवले बताए ।

 

 

गतवर्ष जिल्ला शिक्षा तथा समन्वय समितिबाट प्राप्त १८ लाखको र चालु आर्थिक वर्षमा नगरपालिकाबाट भौतिक पुर्वाधार निर्माणको लागि पाँच लाख र थप १८ लाखको बजेट विनियोजन गरि विधालयमा ३६ लाखको दुईतले चारकोठे भवनको निर्माण भइरहेका छन । र गोडैता नगरपालिका र सेभ द चिल्ड्रेनको सहकार्यमा १४ लाख बराबरको विधालयको पर्खाल र गेट निर्माण गरी विधालयलाई हस्तान्तरण गरेको यादवले बताए।

 

आधारभुत तहसम्म पढाई हुने विधालयमा सरस्वती विधालय भौतिक संरचना र पठनपाठनमा जिल्लामै उत्कृष्ट रहेको जिल्ला शिक्षा तथा समन्वय समितिको जिल्ला प्रमुख चेत कुमार पोखरेलको तर्क छन। अति विपन्न र गरिब परिवारका बस्ती रहेको क्षेत्रमा संचालित यस विधालयले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिदै आएको पोखरेलले बताए । यो विधालय सर्लाही जिल्लाको मात्र नभइ देशकै गौरव रहेको र विधालयको विकासका लागि सबै तर्फबाट सक्दो सहयोग गर्नु पर्नेमा जोड दिनुभयो। यस्ता विधालय प्रोत्साहन गर्नका लागि विभिन्न किसिमका नयाँ नयाँ योजना ल्याई विधालयलाई थप भौतिक पुर्वाधार सम्पन्न बनाउने र एउटा विशेष कार्यक्रम गरी सरस्वती विधालयलाई जिल्लाकै उत्कृष्ट विधालय घोषणा गरी विधालयको शिक्षक , अध्यक्ष तथा संस्थापकलाई सम्मान गरिने पोखरेलले बताए ।

 

समय - समयमा आफु जिल्लाकै सबै विधालयमा अनुगमन गर्न जाने गरेको  तर जुन अनुशासन चरित्र र आत्मीयता मैले सरस्वती विधालयको विधार्थी र शिक्षकमा पाए , त्यो अन्यत्र अरु कही नपाएको अनुभव तराई मानव अधिकार संरक्षक संजालको संयोजक मुकेश मिश्राको छ । अभियान नेपाल सामुदायिक सिकाई केन्द्रको अध्यक्ष समेत रहनु भएका संस्थापक रामचन्द्र कुशवाहा शिक्षाप्रेमी , असल चरित्र भएको ईमानदार र लगनशील व्यक्ति रहेका छन । उहाँको अर्थक प्रयास , मिहिनेत र लगनकै कारण यति कम समयमा विगत कैयौं दशक देखि सन्चालनमा रहेको विधालयलाई पछाडि छोड्दै जिल्लामै अब्बल सावित हुन पुगेका छन।

 

                            शिक्षाको उज्यालो प्रकाशबाट बन्चित रहेका हामी जस्तै पिछडिएका गरिब दलित परिवारका बालबालिकाका लागि सरस्वती विधालय वरदान सावित भएको अभिभावक तेलिया देवी डोमले बताईन।यो विधालयकै कारण हाम्रो बालबालिका पढन पाएका छन।विधालयले समय-समयमा दलित बालबालिकालाई छात्रवृत्ति समेत दिने गरेको डोमले बताइन। मैले सपनामा पनि सोचेका थिएन कि हाम्रो बालबालिका विना शुल्क यस्तो भौतिक पुर्वाधार सम्पन्न विधालयमा पढने अवसर पाउँछ।देशमा शिक्षा क्षेत्रमा भएका राजनीतिकका कारण गरिब अभिभावकका बालबालिका लागि भनेर चिनिने सामुदायिक विधालयको स्तर दिनप्रतिदिन खस्कदै गइरहेको प्रति डोमले अपार दुख प्रकट गरिन।

 

 हामी घर जस्तै सुरक्षित वातावरण विधालयमा पाएकी कक्षा सातमा अध्ययनरत छात्रा मनिसा झाले बताईन।सबै शिक्षक र शिक्षिका हामी सबैलाई असाध्यै माया गर्नुहुन्छ।हाम्रो विधालयले बालबालिकालाई शिक्षाको साथै सामाजिक मुल्यमान्यता,परम्परा तथा संस्कार सिकाउनमा पनि विशेष जोड दिने गरेको झाले बताइन।हाम्रो विधालय सबै किसिमको भेदभावमुक्त रहेका छन।हाम्रो विधालयका सबै विधार्थीहरु एउटै परिवारका सदस्यहरु जस्तै मिलेर बस्ने गरेको छात्रा मनिषा झाले बताइन।

  • 73%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०७६ कार्तिक ६ बुधबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus