सप्तरी : कुटपिट गरी हत्या गर्ने आमाछोरा पक्राउ

प्रहरीले दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको छ । 

२०७६ असोज २२ बुधबार
दिउसो ३:३२ बजे
न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा आफनै बुवाको कुटपिट गरि हत्या गरेर फरार रहेका कान्छा छोरा र मृतकका श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।  

 

पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका १ पकरी निवासी २३ वर्षीय नहिम पमरिया र उनको ५० वर्षीया आमा जमुनी खातुन रहेका छन् । पारिवारीक बिवादका कारण दुई दिन अघि आइतबार राती मदिराको सुरमा नहिम पमरियाले बुवालाई कुटपिट गर्दा ६२ वर्षीय मो. गफुर पमरियाको मृत्यु थियो । 

 

मृत्यु भएपछि मृतकका कान्छा छोरा नहिम र श्रीमती जमुनी खातुन फरार भएका थिए । पक्राउ परेका दुबै जना आमाछोराको हत्यामा संलग्नता रहेको गाउँलेहरुले आंशका गरेपछि अनुसन्धानको लागि उनीहरुलाई पक्राउ गरिएको सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए ।  

 

दिनहुँ मदिरा सेवन गरेर घर आउने नइमले बुवासँग झगडा गरी कुटपिट गर्दा उनको मृत्यु भएको स्थानीयबासीको भनाइ छ । प्रहरीले दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको दुहबी गोबराही चोकमा चार वर्षपछि लाग्यो हाटबजार, स्थानीय हर्षित

  • २०७६ असोज २२ बुधबार

न्यूज ब्यूरो, धनुषा । धनुषाको विदेह नगरपालिका वडा नम्बर २ दुहबी गोबराही चोकमा चार वर्षपछि हाटबजार सञ्चालनमा आएपछि किसानहरू हर्षित भएका छन् ।  गाउँलेहरूका बीचमा अन्तद्वन्द्व चुलिएपछि गत २०७६ सालमा यहाँको

पूरा पढ्नुहोस्

Bureau Menus