शाहरूख खानले पनि गरे मुस्कानको स्वास्थ्य लाभको कामना

निरन्तर स्वास्थ्य लाभ कामनाको ओइरो लागेपछि मुस्कानको मुहारमा वास्तविक मुस्कानको झल्को देखिन थालेका छन् ।

२०७६ असोज २२ बुधबार
बिहान १०:४२ बजे
बिनय यादव

न्यूज ब्यूरो, जनकपुरधाम । बलिउड अभिनेता शाहरुख खाने एसिड आक्रमणमा परेर उपचाररत मुस्कान खातुनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

 

कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कानको लागि बलिउड उद्योगका चर्चित हस्तीहरुले विभिन्न माध्यमबाट संदेश पठाइरहँदा अभिनेता खानले पनि संदेश पठाएका हुन् । समाजिक सञ्जाल ट्विटरमा ‘एसआरके सरोज’ नामका व्यक्तिले मुस्कानका बारेमा लेखेको ट्विटमा जवाफ लेख्दै शाहरूखले मुस्कानलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

 

 

यसअघि बलिउडका महानायक अमिताभ बच्चन, नायक वरुण धवन र नायिका कृति सेननले पनि मुस्कानलाई ट्विटरमा भिडिओ सन्देशमार्फत् शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । उनीहरुले मुस्कानको स्वास्थ्य लाभको कामना गर्दै हौसला बढाएका छन् । बालिउडसँगै नेपालको कलाकारलगायत विभिन्न क्षेत्रका चर्चित हस्तीहरु मुस्कानको स्वास्थ्य लाभको कामना गर्दै आएका छन् । निरन्तर स्वास्थ्य लाभ कामनाको ओइरो लागेपछि मुस्कानको मुहारमा वास्तविक मुस्कानको झल्को देखिन थालेका छन् । उनी विस्तारै ठिक हुँदै गएकी छन् ।

 

गत भदौ २० गते शुक्रबार बिहान विद्यालय जाँदै गर्दा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि दुई युवकले एसिड आक्रमण गरेका थिए । एसिड प्रहार गर्ने दुबैजना पक्राउ परिसकेका छन् ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०७६ असोज २२ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus