राजदेवीमा १४ हजार बढी बोकाबली, गतवर्षको तुलनामा कम

धर्म र देवीदेवताको नामम दिइने पशुबलीको सँख्या न्यून रुपले पनि कम हुँदै गएको देखिएको छ । 

२०७६ असोज २० सोमबार
बिहान ०७:३४ बजे
शँकर प्रसाद यादव

न्यूज ब्यूरो, जनकपुरधाम । विदेहराजा जनककी कूल देवी मानिएकी जनकपुरको राजदेवीमा यसपाली पनि १४ हजार बढी बलि प्रदान भएको छ ।

 

प्रत्येक वर्ष महाअष्टिमी तिथिको दिन बलि प्रदान हुँदै आएको राजदेवीमा यसवर्ष १४ हजार ६ सय ३३ छागर (खँसी) को बलि दिइएको छ । जो की गतवर्षको तुलनामा न्यून देखिएको छ । गत वर्ष मात्र राजदेवीमा जम्मा १४ हजार ९ सय ९७ बलि प्रदान गरिएको थियो भने यसपाली न्यून देखिएको छ । विभिन्न धार्मिक संघसँस्थाहरुले देवीदेवताको नाममा बलि प्रथा बन्द गर्न प्रचार प्रसार गर्दै आएको छ । 

 

 

 

आईतबार बेलुकी ८ बजेर ४ मिनेटदेखि विधिवत सुरु भएको बलि प्रदान कार्यक्रम सोमबार विहान ३ बजेर ३२ मिनेटसम्म चलेको राजदेवी पूजन आयोजक समिति महावीर युवा कमिटिका अध्यक्ष सँतोष साहले जनाए । साहका अनुसार, बली प्रदान कार्यक्रम सुरु भए लगत्तै प्रति मिनेट ६३ र कमममा ५८ वटा बलि प्रदान हुँदै आएको थियो । झण्डै साढे ७ घण्टा निरन्तर चलेको बली प्रदान कार्यक्रममा १४ हजार ६ सय ३३ बोका बलि दिइएको बताए । 

 

यो पनि पढनुहोस् : जनकपुरको राजदेवीमा १ मिनेटमा औसत ६३ बोका काटिदैं !

 

विभिन्न ठाउँबाट बोकाबलीको लागि राजदेवीमा आएको सर्वसाधारणहरुको पँगती पातलो देखिएपछि यसपाली राती १० बजेदेखि नै उनीहरुलाई लाममा बस्न आग्रह गरिएको थियो । कमिटिका अध्यक्ष साहले यसपाली २ः३० बजेसम्म मात्र बलि प्रदान गर्ने भनेपछि बोका बलिका लागि आएका सर्वसाधारणहरु समयमै लाम बसेका थिए । लाम बसेपछि ४ वटा ठेहामा प्रति सेकेन्ड ४० सम्म बोकाबली हुन थालेपछि ३ बजे ३२ मिनेटसम्म सबै बोकाबली भएको जनाइएको छ । 

 

 

गत वर्ष मात्र ४ वटा ठेहा (बलि दिइने ठाउँ) राखिपनि यसपाली पनि ४ वटा ठेहाबाटै समयमै बलि प्रदान गर्न भ्याएको हो । गत वर्षको तुलनामा केही सय बोका बलि कम प्रदान भएको छ । 
गत वि.स. २०६५ सालमा ११ हजार १ सय ३४ बलि प्रदान गरिएको थियो भने वि.सं. २०६६ सालमा १३ हजार ७ सय ९० र २०६७ सालमा १३ हजार ५ सय ५२ बोकाबली प्रदान गरिएको थियो । 

 

सन्तान प्राप्ती, दीर्घायू तथा विभिन्न मनोभाव पूरा गर्नको लागि जनकपुरको राजदेवीमा भाकल गर्ने गरिन्छ । भाकल गरेपछि इच्छाएको मनोभाव पूरा भएपछि सर्वसाधारणहरुले भाकल स्वरुप नै खोईच भराई, प्रसाद चढाई (लड्डु पढाउने) विधि पनि पुरा गरिन्छ । सर्वसाधारणहरुले भाकलको नाममा बोका बलि दिइने भनेर भाकल स्वरुप नै प्रत्येक वर्ष महाअष्टिमीको तिथिमा बोका बलि दिने गरेको छ । 

 

यो पनि पढनुहोस् : राजदेवीमा आज २ः३० बजे रातीसम्म मात्र बोकाबली हुन्छ : अध्यक्ष साह 

 

गत वि. सं. २०६८ सालमा १२ हजार ५ सय ६१ बलि प्रदान भएकोमा २०६९ सालमा १४ हजार ७ सय ५४ र २०७० सालमा १४ हजार ७ सय २१ तथा २०७१ सालमा १५ हजार ४ सय ६१ बलि प्रदान गरिएको थियो । गायत्री परिवार, माण्डवी जस्ता धर्म सँस्थाहरुले देवीदेवताको नाममा दिइने बलिप्रथा बन्द गर्न बारम्बार आग्रह गर्दै आएपनि धर्म र देवीदेवताको नामम दिइने पशुबलीको सँख्या न्यून रुपले पनि कम हुँदै गएको देखिएको छ । 

 

सोही क्रममा गत वि.सं. २०७२ सालमा १३ हजार ८ सय १ बलि प्रदान भएकोमा २०७३ सालमा  १४ हजार ६ सय १७ बलि प्रदान भएको थियो भने  २०७४ सालमा १२ हजार ४ सय ४७ बलि प्रदान राजदेवीमा गरिएको थियो ।  वि.सं. २०७५ सालमा १४ हजार ९ सय ९७ वटा बलि प्रदान भएकोमा यसपाली भने  १४ हजार ६ सय ३३ बलि प्रदान भएको हो । 

 

यता, महावीर युवा कमिटिका अध्यक्ष सँतोष साहले बलिप्रथा गर्ने वा नगर्ने आफूहरुले तय नगर्ने भनेर बताए । उनले भने, -"हामीले जबरदस्ती बलि प्रदान गर्न लगाएका होइनौ, हाम्रो कार्य हो पूजा व्यवस्थापन गर्ने, त्यो गुठी सँस्थान जनकपुरले व्यवस्थापन गर्दै आएको छ ।" 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरको नैना हस्पिटलमा ८०० ग्रामको बच्चासहित आमालाई जोगाउन सफल

  • २०७६ असोज २० सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको नैना अस्पतालले आठ सय ग्रामको बच्चासहित गर्भवती आमा जोगाउन सफल भएको छ ।  धनुषाको औरही गाउँपालिका वडा नम्बर ३ कपटौलकी २६ वर्षीया निर्माला कुमारी मण्डलले आठ

पूरा पढ्नुहोस्

Bureau Menus