शरीरले धान्नेजति मात्रै मासु खान पोषणविद्को सुझाव

विशेषगरी दशैँका बेला मासुलगायत खानेकुरा धेरै खाइने हुँदा पकाउने र खाने तरिकामा ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।

२०७६ असोज १९ आइतबार
दिउसो १२:५३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पोषणविद्ले मासुलगायत खानेकुरा खाँदा धेरै कुरामा ख्याल गर्न सुझाव दिएका छन् । 

 

विशेषगरी दशैँका बेला मासुलगायत खानेकुरा धेरै खाइने हुँदा पकाउने र खाने तरिकामा ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ । चिल्लो कम राखेर मासु पकाउने तरिका अपनाउन डाक्टरले सुझाव दिएका छन् । 

 

चिल्लोका कारण स्वास्थ्यमा असर गर्ने भएकोले चिल्लो कम राखेर पनि मासुलाई मिठो बनाउन सकिने पोषणविद् उमा कोइरालाले बताए । उनले मासु खाँदा स्वास्थ्य र सरसफाइमा ध्यान दिनुपर्ने भन्दै जथाभाबी मासु नखान आग्रह गरेका छन् । मासुलाई राम्रोसँग पकाएर आफ्नो शरीरले धान्नेजति मात्रै खान सके शरीरलाई फाइदा गर्ने उनले बताए । 

 

मासु खाएको समयमा शारीरिक व्यायाम पनि गर्नुपर्ने डाक्टरहरुको सुझाव छ । यस्तै मासु खाएको बेलामा जाँडरक्सी नखान पनि पोषणविद् कोइरालाले सुझाव दिए । 

 

मासु कसरी छान्ने ?

मासु किन्दा स्वच्छ छ कि छैन भनेर छुट्याउन सकेको खण्डमा यसबाट बच्न सक्ने पशुसम्बन्धी डाक्टरहरु बताउँछन् । मासु पकाइसकेपछि संक्रमित मासु पनि खान योग्य हुन्छ । भान्सामा कुखुरा वा अन्य जनावरको मासु धोइपखाली नगर्ने तथा पकाउने भाडाकुँडा औजार अचानोहरू अन्य खाले तरकारीजन्य सामग्री तयार गर्न प्रयोग नगर्नु नै वेश हुन्छ । 

 

संक्रमित मासु र स्वच्छ पशुपंक्षीको मासु सोझै छुट्याउन सकिन्छ । बर्ड फ्लूले संक्रमित कुखुराको मासुमा रगतका थोप्लाहरु देखिन्छ ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

हिन्दु सम्राट सेनाकी लक्ष्मी साह पक्राउ

  • २०७६ असोज १९ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । दँगा भडकाउन खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले हिन्दु सम्राट सेनाकी सदस्य लक्ष्मी साहलाई पक्राउ गरेको छ ।  विहिबार धनुषाको औरही गाउँपालिका वडा नम्बर १ पौडेश्वरस्थित समान्य

पूरा पढ्नुहोस्

Bureau Menus