मृतक पाँचै जनाको सामुहिक दाहसँस्कार, गाउँलेहरु भक्कानो फोडेर रोए  !

उनीहरुलाई सहयोगी हातको आवश्यकता महसुस गरिएको छ । 

२०७६ असोज १६ बिहीबार
बेलुकी ७:३१ बजे
न्यूज ब्यूरो | डेस्क

न्यूज ब्यूरो, बारा । एकैपटक सिँगो परिवारको मृत्यू पश्चात आज (विहिबार) साँझ सामुहिक दाहसँस्कार गरिएको छ । 

 

प्रदेश नं. २ को बारा जिल्लाको फेंटा गाउँपालिका वडा नं. ४ बस्ने स्थानीय जोगा मुखियाको सबै परिवार एकैसाथ मृत्यूको मुखमा परेपछि सिँगो गाउँ नै शोकमग्न भएको छ । मुखिया परिवारको मृतक पाँचै जनाको सामुहिक दाहसँस्कार स्थानीयहरुले गरेका हुन् ।

 

बुधबार बेलुकी करिब ८ बजे मृतक मुखियाले नै आफ्नै घरमा सँचालन गरेको घरेलु भठ्ठीमा निस्सासिएर उनी आफैं सहित उनकी श्रीमति अन्दाजी बर्ष ३६ की लालमुनी देवी मुखिया, उनकी छोरी अन्दाजी बर्ष १२ की सुमिनी कुमारी मुखिया, उनका भाई अन्दाजी बर्ष २६ का महेन्द्र मुखिया र उनका ससुरा बाबा मुखियाको मृत्यू भएको थियो । 

 

 

मुखियाले घरमै सँचालन गरेको घरेलु मदिरा भठ्ठीको टयाँकीमा निस्सासिएर मृत्यू भएको प्रहरीले जानकारी दिएको हो । विहिबार साँझ फेंटा गाउँपालिका वडा नं. ४ को बतरा नदि किनारमा मृतक सबैको सामुहिक दाह सँस्कार गरिएको हो । जोगा मुखियाको २ छोरा र १ छोरी सहित उनका भाई महेन्द्र मुखिया (मृतक) को ४ छोरी र श्रीमति (सुस्त मनस्थितिको) र गर्भवति रहेकी छन् । एकै पटक आधि परिवारको मृत्यू भएपछि उनीहरु टुहुरो जस्तो भएको छ । 

 

>> प्रदेश २ : एउटै घरमा ५ वटा लास फेला, पुरै गाउँमा त्रास !

 

गाउँलेहरुले आफ्नो सहयोगमा पाँचै जनाको सामुहिक दाहसँस्कार गरी समाजिक परम्परा निभाएका छन् भने अहिलेसम्म प्रदेश सरकार वा स्थानीय सरकारबाट कुनै प्रकारको सहयोग नभएको स्थानीय जेपी साहले बताए । बच्चाहरु १२ वर्ष, १० वर्ष, ८ वर्ष, ६ वर्ष र ४ वर्षको रहेको छ । उनीहरुलाई सहयोगी हातको आवश्यकता महसुस गरिएको छ । 


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सलमान खानको घर अगाडी फायरिँग, गोली चलाउनेको तस्विर सार्वजनिक

  • २०७६ असोज १६ बिहीबार

न्यूज ब्यूरो, भारत ।  सिने जगतका चर्चित अभिनेता सलमान खानको घर अगाडी गोली फायरिँग गर्नेको तस्विर प्रहरीले सार्वजनिक गरेको छ ।  आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि

पूरा पढ्नुहोस्

Bureau Menus