शहिदनगरमा आयुर्वेद चिकित्सा अभियान प्रभावकारी : जडिबुटी सम्बन्धि अन्तरक्रिया

आयुर्वेदिक औषधिले शरीरमा रहेको विकारलाई नियन्त्रण गरी पूर्णतया रोगलाई निवारण गर्न रामबान सावित भएको छ ।

२०७६ असोज १ बुधबार
बेलुकी ६:०४ बजे
सुरेन्द्र यादव, धनुषा

न्यूज ब्यूरो, धनुषा । धनुषाको शहिदनगर नगरपालिकामा जडिबुटी उपयोग सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम गरिएको छ ।

 

शहिदनगरको वडा नं. ३ स्थित आयुर्वेद औषधालय योग हलमा ‘एक घर, पाँच योग’ नारालाई लक्षित गरी पाँच जडिबुटी अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको हो ।नगरपालिकाले जनताको स्वास्थ्यको महत्वलाई आत्मसात गर्दै चलाएको स्वोपचार अभियान प्रभावकारी बन्दै गएको देखिएको छ ।

 

रोग निवारणका लागि आयुर्वेदिक औषधि प्रभावकारी सावित भएपछि सर्वसाधारणको औषधालयप्रतिको आकर्षण बढ्न थालेको हो । आयुर्वेद चिकित्सा पद्धतिको महत्वबारे शहिदनगरका मेयर उदय कुमार बरबरियाले निर्वाचित भएदेखि नै सार्वजनिक कार्यक्रममा ‘एक घर, पाँच योग’ को कुरा उठाउँदै आएकाले सर्वसाधारणले आयुर्वेदको महत्व बुझ्न थालेका छन् ।

 

आयुर्वेदिक औषधिले शरीरमा रहेको विकारलाई नियन्त्रण गरी पूर्णतया रोगलाई निवारण गर्न रामबान सावित भएको छ । आयुर्वेदिक औषधिले ‘साइड इफेक्ट’ नगर्ने भएकाले बिरामीको आयुर्वेद चिकित्साप्रतिको मोह बढेको कार्यक्रममा सहभागी वैद्यले बताए ।

 

औषधि र परामर्श निःशुल्क गरिएकाले सर्वसाधारणको आयुर्वेदिक औषधालयप्रतिको विश्वास जागेको छ । औषधालय पुग्ने बिरामीमा बाथ, ग्याष्ट्रिक, दम खोकी, लिकोरिया, जोर्नी दुख्ने, कमलपित्त र छालाको समस्या लिएर आउने बढी छन् ।

 

अन्तरक्रिया कार्यक्रममा सहभागी भएकाहरुलाई नगर उपप्रमुख शिला देवि कापर, वडाध्यक्ष नागेन्द्र मण्डल र कार्यकारी प्रमुख नन्दकिशोर झाले तुलसी, पुदिना, कल्पनाथ, घिउ कुमारी, असुरोको बोट र पाँच ओटा गमला उपलब्ध गराएका थिए । नगरका ९ वटै योग अध्यक्षलाई एकएक थान पोर्टेवल बाजा र तिरपालसमेत दिएका छन् ।

 

शहिदनगर वडा नं. ३ का वडाध्यक्ष नागेन्द्र प्रसाद मण्डलको अध्यक्षता एवं नगर उपप्रमुख शिला देवि कापरकी प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाली कांग्रेसका पूर्वसांसद शिव धारी यादव प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर झा नगरपालिकाका निर्वाचित वडाध्यक्ष, सदस्य लगायत सर्वसाधारणहरुको उल्लेख्य सहभागिता थियो ।


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरो, जनकपुरधाम । कर्ण कायश्थ जातको जातीय समूह मल्लिक पंजीकार समूह काठमान्डौँमा सम्मानित भएको छ ।  नेपाल चित्रगुप्त समाज काठमान्डौँ, चित्रगुप्त एवंम सँस्कृति कार्यक्रममा सहभागीता जनाएको समाजले उत्तम प्रस्तुति दिएको

पूरा पढ्नुहोस्

Bureau Menus