गणेशमान चारनाथ नगरपालिकामा सुत्केरी महिलालाई १ किलो ध्यू दिने 

गरिबीको रेखामुनी रहेको वर्ग र समुदायलाई तालिम मार्फत स्वरोजगार बनाउने विभिन्न कार्यक्रमहरु बुँदागत गरिएको

२०७६ भदौ २५ बुधबार
रति ९:४१ बजे
न्यूज ब्यूरो | डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न भएको छ । 

 

पूर्व निर्धारित कार्यक्रम अनुसार बुधबार तेस्रो नगरसभा सम्पन्न गरिएको हो । तेस्रो नगरसभाबाट नगरपालिकाले आर्थिक वर्ष २०७६ ७७ को लागि ४६ करोड बढी रुपैयाँको बजेट प्रस्तुत गरेको हो । यस आर्थिक वर्षको लागि स्थानीय जनताको विकास हेतु सडक र भवन तर्फ बढी केन्द्रीत गरिएको जनाइएको छ । 

 

प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा नगरपालिका भरी जीर्ण रहेको सडक निर्माण तथा समुदायिक भवन तर्फ बढी केन्द्रीत गरिएको जनाइएको छ । गणेशमान चारनाथ नगरपालिका अन्तर्गतको विभिन्न लोकमार्गहरुलाई जीर्णोद्धार तथा पक्की सडक निर्माणको लागि बजेटमा केन्द्रीत गरिएको नगरपालिकाका लेखा अधिकृत श्रीनारायण साहले जानकारी दिए ।

 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद काफ्लले दिएको जानकारी अनुसार नगरभित्रकी गर्भवति महिलाले समुदायिक अस्पतालमा सुत्केरी गराए पोषण स्वरुप १ किलो ध्यू प्रदान गरिने गरी योजना तथा नीति अपनाइएको हो । महिलाहरुलाई प्रसुतिको क्रममा हुने शारिरिक असक्षमतालाई मध्यनजर गर्दै बच्चा तथा आमाको पोषणको लागि १ किलो ध्यू नगरपालिकाले नगरकी सुत्केरी महिलालाई दिने कार्यक्रम अघि सारिएको जनाइएको छ । 

 

बन्द कोठामा गरिएको नीति तथा कार्यक्रम सार्वजनीकीकरणमा दलित, अल्पसँख्यक, सीमान्तृकत समुदायको बालबालिकाहरुको विद्यालयसम्मको पहुँच बढाउने गरी शैक्षिक योजना लागू गरिने जनाइएको छ । गरिबीको रेखामुनी रहेको वर्ग र समुदायलाई तालिम मार्फत स्वरोजगार बनाउने विभिन्न कार्यक्रमहरु बुँदागत गरिएको जनाइएको छ । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बलात्कार मुद्दामा फरार रहेका शर्मा पक्राउ 

  • २०७६ भदौ २५ बुधबार

न्यूज ब्यूरो, सिरहा ।  सिरहामा बलात्कार मुद्दाका फरार व्यक्ति १० दिनपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय शेखर शर्मा बरही हुन्। उनी फागुन १६ गते

पूरा पढ्नुहोस्

Bureau Menus