गाउँपालिका अध्यक्ष 'मुखिया' पदबाट निलम्बन हुने ?

यता, अध्यक्ष मुखियासँग यस बारे जानकारी लिन खोज्दा सम्पर्क भने हुन सकेनन् । 

२०७६ भदौ ८ आइतबार
बिहान ११:३२ बजे
न्यूज ब्यूरो | डेस्क


न्यूज ब्यूरो, रौतहट । रौतहट जिल्लाको यमुनामाई गाउँपालिका अध्यक्ष श्रीप्रसाद मुखियाको आफ्नो पदबाट निलम्बन हुने सम्भावना प्रबल भएको बताइएको छ । 


निर्वाचन यता गठित स्थानीय सरकारको हरेक काम कारवाही अगाडि बढाउने क्रममा अध्यक्ष मुखियाले भ्रष्टाचार र आर्थिक चलखेल गरेको उजुरीको चाङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थुप्रिएपछी अख्तियारले कारवाही अगाडी बढाउने तयारी गरेको छ । अख्तियार स्रोतका अनुसार उनीविरुद्ध धेरै प्रमाण उपलब्ध भैसकेकोले चाँडै विषेश अदालतमा मुद्दा दर्ता गराउने तयारी रहेको छ । 


उपाध्यक्ष गीता देवी साहले गाउँपालिका अध्यक्ष मुखियाले व्यापक भ्रष्टाचार गरेको उजुरी गरेपछि अख्तियारले सक्रियता देखाएको हो । अख्तियारले मुद्दा  दर्ता गराएपछि अध्यक्ष साह आफ्नो पदबाट निलम्बित हुने लगभग पक्का रहेको बताइन । 

 

अख्तियारमा मात्र नभई मुखियाविरुद्ध पार्टीमा पनि पार्टीविरुद्ध क्रियाकलाप गरेको उजुरीको चाङ छ । तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट चुनाव जितेका उनले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा अन्य पक्षसँग पैसा लिएर वाम गठबन्धनलाई असहयोग गरेको लिखित उजुरी नै पार्टीमा छ । यही कारण पार्टीले अहिलेसम्म उनलाई कुनै जिम्मेवारी दिएको छैन । 


अन्तरघात र भ्रष्टाचारका कारण उनको गाउँपालिका अध्यक्ष पद मात्र नभई पार्टीको सदस्यता पनि खारेज हुने तयारी गरिएको नेकपा स्रोतले जनाएको हो । यता, अध्यक्ष मुखियासँग यस बारे जानकारी लिन खोज्दा सम्पर्क भने हुन सकेनन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

 मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न

  • २०७६ भदौ ८ आइतबार

न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।

पूरा पढ्नुहोस्

Bureau Menus