नगरवासीले चित्त नबुझेको खण्डमा छलफल गरौं : मेयर बरबरिया 

अब म कुनै पार्टीको नभएर सबै नगरबासीहरुको प्रमुख भएकोले पार्टी भन्दा माथी उठेर काम गर्नेछु ।

२०७६ भदौ ६ शुक्रबार
रति १०:४२ बजे
न्यूज ब्यूरो | डेस्क


न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर (कान्छो मेयर) उदय कुमार बरबरिया यादवले कुनै ठाउँमा चित्त नबुझेको अवस्थामा जनताले सीधा रुपमा छलफल गर्नुपर्ने बताएका छन् । 

शुक्रबार शहिदनगर नगरपालिकाको अखिल नेपाल शिक्षक संगठन तथा नेपाल शिक्षक संगठनका अध्यक्षद्वय कृष्ण भिनवार तथा मोहन यादवको अध्यक्षता तथा नगर प्रमुख  बरबरियाको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा उनले सो कुरा बताएका हुन् । उनले भने, - "अब म कुनै पार्टीको नभएर सबै नगरबासीहरुको प्रमुख भएकोले पार्टी भन्दा माथी उठेर काम गर्नेछु ।"

 

कसैलाई पनि काखापाखा नगर्ने बताउँदै उनले कसैलाई चित्त नबुझेको ठाउँमा छलफल गर्ने, कामको मुल्यांकन गरि शिक्षक लाई प्रोत्साहन गर्दै जाने प्रतिबद्धता जनाउँदै सबै पक्षसित सहयोग र सहकार्यको अपेक्षा समेत राखे । विकासको नाममा राजनीतिक हिसाबले चित्त बुझदो कुरामा पनि आम नागरिकलाई उक्साउने जस्ता क्रियाकलाप भन्दा पनि विकास निर्माणमा हातोमालो गर्दा आफ्न्र ठाउँको भावि पुस्ताले उपभोग गर्ने मेयर बरबरियाले बताए । 


नगरको शिक्षालाई प्रदेशमा सर्वोत्कृष्ट बनाउनको लागि आफूले थालेको मिशनमा सबैले सहयोग गर्नुपर्ने अपेक्षा राख्दै समुदायिक विद्यालयहरुको स्तरोन्ती र अध्ययन अध्ययापनको गुणस्तरीयतालाई अझ प्रगाढ बनाउको लागि सबै पक्षले सहयोग गर्नुपर्ने बताए । उनले नगरको शिक्षा नीति अवलम्बनको लागि नगर शिक्षा समितिले समस्या टिपोट गरी विभिन्न विद्यालयको समस्या र समाधानको बारेमा समयै जानकारी गराउन आग्रह गरे । 


सो कार्यक्रममा अतिथिहरु वडा अध्यक्षद्वय रामएकवाल मण्डल तथा तनुकलाल कुसियैत यादव , नगर शिक्षा समिति सदस्य प्रदिप साह र बिरेन्द्र मण्डलको बिशेष उपस्थितिमा नगर भित्रका संगठनमा आबद्ध सम्पुर्ण प्रधानाध्यापक शिक्षक शिक्षिकाहरुको भेलामा शिक्षा सँग सम्बन्धित समसामयिक बिष्यबस्तुमा छलफल तथा अन्तरक्रिया गरिएको थियो । 


सो कार्यक्रममा नगर प्रमुख लगायत नगर शिक्षा समितिले गरेको कार्यको सराहना गर्दै शिक्षा क्षेत्रमा अझै सुधारका लागि सहभागीहरुले बधाई सहित शुभकामना समेत प्रकट गरेका थिए । मापदण्ड विपरित बोर्डिंग स्कूलहरु सँचालन गरेको भन्दै मेयर बरबरियाको टिमले त्यस्ता विद्यालयलाई बन्द गराएको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मिर्चैयामा भूमिहीन दलित तथा सुकुम्बासीलाई मेयर यादवले बाँडे निस्सा

  • २०७६ भदौ ६ शुक्रबार

न्यूज ब्यूरो, सिरहा ।  मिर्चैया नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाइ निस्सा वितरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख श्रवण कुमार यादवे वडा नं ९ का ९५ जना भूमिहीन

पूरा पढ्नुहोस्

Bureau Menus