डा. सिके राउत स्वदेश फर्के लगत्तै मधेशको समस्या उपर बोल्ने 

युवा, बुद्धिजिवी, ईन्जिनियर, कर्मचारी, वकिल, मजदूर, विद्यार्थी, शिक्षक, डाक्टर लगायतका सँग अन्तरक्रिया गर्न लागेका हुन् ।

२०७६ श्रावण २९ बुधबार
बिहान ११:४८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले मधेशी बुद्धिजिवीहरुसँग अन्तरक्रिया गर्ने भएको छ । 

 

एक सातादेखि कत्तारमा रहेका डा. राउत स्वदेश फर्के लगत्तै काठमाडौंमा रहेका मधेशी मूलका बुद्धिजिवीहरुसँग मधेशको विद्यमान अवस्था र समाधान उपर चर्चा परिचर्चा गर्ने भएको छ । मधेशमा विद्यमान अविकास, भ्रष्टाचारको जरालाई समाप्त पार्ने गरी कार्यक्रम संचालन एवम् कदम उठाउने जनाइएको छ । 

 

मधेशी युवा तथा बुद्धिजिवीहरुसँग छलफल एवं अन्तरक्रिया गरेर माफियाहरुलाई निरुत्साहित गरी जनताद्धारा जनतामाथिको लोकतान्त्रिक शासनलाई अंगिकार गर्दै मधेशलाई समृद्ध बनाउने योजना उपर अघि बढ्ने जनमत पार्टीको लक्ष्य छ ।

 

मधेशको बुद्धिजिवी, यूवा, गुण, ज्ञान र ईमान्दारिताको कदरको निमित्त, मधेश समृद्ध र असल नेतृत्वको लागि यस्तो कदम थालिएको जनमत पार्टीले जनाएको छ । अहिले कत्तारमा रहेका नेपालको मधेशी मूलका युवा, बुद्धिजिवी, मजदूरबीच अन्तरक्रिया गरिरहेका राउत स्वदेश फर्के लगतै काठमाडौंमा रहेका युवा, बुद्धिजिवी, ईन्जिनियर, कर्मचारी, वकिल, मजदूर, विद्यार्थी, शिक्षक, डाक्टर लगायतका सँग अन्तरक्रिया गर्न लागेका हुन् ।

 

अन्तरक्रिया कार्यक्रम भदौ २ गते सोमबार अपरान्ह ४ बजेदेखि काठमाडौंको नेपाल संस्कृत संघ कालिकास्थान (सिंहदरवार नजिक) मा हुने जनमत पार्टीले जनाएको हो ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान 

  • २०७६ श्रावण २९ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका

पूरा पढ्नुहोस्

Bureau Menus