नेपालको पूर्वमा त्राहीमाम : खतराको साईरन बजेपछि कोशीको ३२ ढोका खोलिए !

भारतको विहारमा पनि कोशीले उठीबास लगाएको थियो ।

२०७६ असार २७ शुक्रबार
बिहान ०८:१६ बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो ।  केही दिनयताको अविरल वर्षातका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सप्तकोशी नदिमा शुक्रबार बिहान दुई लाख क्युसेक नाघ्ने अनुमान गरिएको छ । कोशीव्यारेजका अनुसार पानीको बहाव अघिल्ला दिनको तुलनामा बढी भएको जनाएको छ ।

 

 मुख्य नदी सप्तकोशी नदीको बहाब उच्च भएसँगै खतराको साईरन बजेको छ । साईरन बज्नासाथ कोशीका ३२ वटा ढोका खोलिएको छ । अहिले तत्कालको अवस्था हेर्दा खतरा भने नरहेको प्रशासनले जनाएको छ। पूर्वी पहाडी भेगमा लगातार पानी परिरहेकाले खतरा बढ्न भने सक्नेछ ।

 

शुक्रबार बिहानको पछिल्लो मापन अनुसार कोशीमा पानीको बहाव कोशीमा पानीको बहाव १ लाख ६९ हजार क्युसेक प्रतिसेकेण्ड पुगेको छ। ब्यारेजका ३२ वटा ढोका खोलिएका छन्। अहिले बहाब बढ्ने क्रम रहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी ज्ञानेन्द्र फ्युयालले जानकारी दिए। कोशी नदीका लागि वर्षातको समयमा यतिको बहाव सामान्य मानिन्छ।

 

१ लाख ५० हजार क्युसेक प्रतिसेकेण्ड नाघेको खण्डमा कोशीको बहावलाई प्रारम्भिक सावधानी सूचकको रुपमा लिने गरिन्छ। नदीको जलस्तर बढ्दा कोशी ब्यारेजमा भन्दा सम्भावित जोखिम भने आसपासका क्षेत्रमा पर्ने गर्दछ। चतरामा रहेको बाढी मापन केन्द्रमा पानीको तह उच्च विन्दुमा पुगे त्यसको प्रभाव आसपासका स्परहरुमा देखापर्ने सम्भावना रहन्छ।

 

यसैगरी बिहीबार बिहान पानीको बहाव एक लाख २१ हजार थियो भने बिहिवार साँझ मापन गर्दा एक लाख ६४ हजार १५० क्युसेक रहेकोे थियो । केही दिन यता तराई क्षेत्रमा भारी वर्षा नभएपनि वागमती पूर्वका अरुण, तमोर, भोटेकोशी, तामाकोशी, दुधकोशी, लिखु, बरुण नदीको मिलेर बनेको पहाडी क्षेत्र कोशी वेसिनमा अत्यधिक बर्षा भएकाले सप्तकोशीमा पानीको बहाव वढेको हो ।

 

पानीको बहाव १ लाख क्यूसेकमाथि पुगेपछि कोशीका ३२ ढोका खोलिएको छ ।


प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पानीको बहाव अझै बढ्दै गए सतर्क र सुरक्षित रहन आग्रह गरेका छन् । सप्तरीका विभिन्न ठाउँमा डुबानको खतरा रहेकोेले सतर्क रहन आग्रह गरेको छ ।

 

नदिमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन ।अविरल वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै उच्च सतर्क रहन आग्रह गरिएको हो ।

 

२०६५ भदौ २ गते १ लाख ६८ प्रतिसेकेन्ड क्युसेक पानीको बहाव भएकाले सुनसरीको पश्चिम कुसाहामा पूर्वी तटबन्ध भत्काउँदै सप्तकोशीले सुनसरीका ४ वटा गाविस डुबाएको थियो । भारतको विहारमा पनि कोशीले उठीबास लगाएको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इजरायलमा रहेका नेपालीलाई दुतावासको अनुरोधः घरबाट बाहिर कोही ननिस्कनु

  • २०७६ असार २७ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि तेलअभिभस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई स्थानीय

पूरा पढ्नुहोस्

Bureau Menus