SEE-2075 को रिजल्ट आज आउँदै, यसरी हेर्न सकिन्छ  रिजल्ट

२०७६ असार ११ बुधबार
बिहान ०७:५६ बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो, जनकपुरधाम ।  गत वर्ष लिइएको एसईई परीक्षाको रिजल्ट आज आउने भएको छ । 

 

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा  बुधबार सार्वजनिक गर्ने लागेको हो ।   २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिएका छन् ।

 

कार्यालयले आज परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरेको बताउँदै शर्माले कुनै प्राविधिक त्रुटी नभए आजसम्ममा र प्राविधिक त्रुटी आए बिहीबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिए ।


यस अघि परीक्षा बोर्डले असारको तेस्रो साता मात्र रिजल्ट आउने बताएपनि प्राविधिकले साथ दिएपछि सकभर आजै रिजल्ट प्रकाशित गरिने भएको हो । रिजल्ट दिउँसो वा साँझसम्म प्र्रकाशित गर्ने तयारी गरिएको हो । इन्टरनेटबाट हेर्नको लागि भने केही ढिलाई हुन सक्ने छ । 


कार्यालयले मंगलबार सार्वजानिक सूचना जारी गर्दै परीक्षाको नतिजा विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।

 

रिजल्ट हेर्नको लागिSEE Result 2075

SMS बाट - SEE_Symbol Nmber and Sent To (35001)

Example, { SEE 0112374}, Now Sent it To 35001

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

हिन्दु सम्राट सेनाकी लक्ष्मी साह पक्राउ

  • २०७६ असार ११ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । दँगा भडकाउन खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले हिन्दु सम्राट सेनाकी सदस्य लक्ष्मी साहलाई पक्राउ गरेको छ ।  विहिबार धनुषाको औरही गाउँपालिका वडा नम्बर १ पौडेश्वरस्थित समान्य

पूरा पढ्नुहोस्

Bureau Menus