वैदेशिक रोजगारीमा जानेलाई अनिवार्य सीपमूलक तालिम दिनुपर्छ

उनीहरुले बैनर र प्लेकार्ड बोकेर मेयर पँजियारलाई ज्ञापन पत्र बुझाउँदै नगर परिक्रमा समेत गरेका थिए । 

२०७६ असार २ सोमबार
रति १०:५१ बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो, जनकपुरधाम । वैदेशिक रोजगारीमा जाने युवाहरुलाई अनिवार्य रुपमा सीपमूलक तालिमको व्यवस्था गर्नुपर्ने लगायतका विभिन्न ९ बुंदे माग राखी प्रदर्शन गरिएको छ । 

 

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका भित्र रहेको आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको आयोजनामा वैदेशिक रोजगार सम्बन्धी पैरवी कार्यक्रम सँचालन गर्दै वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको हकहितको लागि रयाली निकालेको थियो । 

 

संस्थाका अध्यक्ष प्रवोध यादवको अध्यक्षतामा विभिन्न ९ बुंदे माग राख्दै क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पँजियारलाई सोमबार ज्ञापन पत्र बुझाएका हुन् । आप्रवासी परिवारले सँयुक्त रुपमा ज्ञापन पत्र बुझाएका थिए । 

 

ज्ञापन पत्रमा नेपालको संविधान २०७२ को भाग ४ को धारा ५१ को उपधारा  (झ) को खण्ड नं. ५ र ६ मा आधारित ऐन, निति नियम निर्माण हुनुपर्ने, वैदेशिक रोजगारीको क्रममा आपद विपद् एवम् भवितव्यमा परेका व्यक्ति एवम् परिवारका लागि आप्रवासी आपतकालिन कोषको व्यवस्था गर्नुपर्ने, वैदेशिक रोजगारीमा जाने व्यक्तिको लागि अनिवार्य सीपमूलक तालिमको व्यवस्था हुनुपर्ने, सुरक्षित वैदेशिक रोजगारीको लागि पालिका भरि सचेतनामुलक कार्यक्रमहरु सँचालन गर्नुपर्ने लगायतका मागहरु अघि सारेका छन् । 

 

सुरक्षित वैदेशिक रोजगारीको लागि नगरपालिका भित्र आप्रवासी स्रोत केन्द्र सँचालन गर्नुपर्ने लगायतका मागहरु अघि सार्दै उनीहरुले स्थानीयवासीहरुको समेत सहयोगमा सयौंको सँख्यामा रयाली निकालेका थिए । 

 

मेयर पँजियारलाई ज्ञापन पत्र बुझाउँदै उक्त ९ बुंदे माग पुरा नभए तथा उक्त मागहरु उपर कुनै कारवाही वा ध्यान नदिए कडा संघर्षमा जाने भन्दै चेतावनी समेत ज्ञापन पत्र मार्फत दिइएको हो । 

 

सो रयाली कार्यक्रममा केन्द्रका पदाधिकारी सहित स्थानीयहरुको मोटो सहभागीता रहेको थियो । उनीहरुले बैनर र प्लेकार्ड बोकेर मेयर पँजियारलाई ज्ञापन पत्र बुझाउँदै नगर परिक्रमा समेत गरेका थिए । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सलमान खानको घर अगाडी फायरिँग, गोली चलाउनेको तस्विर सार्वजनिक

  • २०७६ असार २ सोमबार

न्यूज ब्यूरो, भारत ।  सिने जगतका चर्चित अभिनेता सलमान खानको घर अगाडी गोली फायरिँग गर्नेको तस्विर प्रहरीले सार्वजनिक गरेको छ ।  आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि

पूरा पढ्नुहोस्

Bureau Menus