रौतहटको चपुरमा पनि बम, हाईवे त्रासग्रस्त !

पुर्वपश्चिम राजमार्ग तथा अन्य सहायक मार्गमा पनी बिहानै देखी प्रहरीको बाक्लो उपस्थिति देखिएको छ ।

२०७६ जेठ १३ सोमबार
बिहान १०:३७ बजे
सँजय सहनी | रौतहट


न्यूज ब्यूरो, रौतहट ।  रौतहटको पुुर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत चन्द्रपुर स्थित हाइवेमा प्रेशरकुकर बम फेला परेको छ ।

 

 नेत्र बिक्रम चन्द नेतृत्वद्धारा आव्हान गरीएको नेपाल बन्दलाई  प्रभावकारी बनाउने उदेस्यले चन्दका कार्यकर्ताले चन्द्रपुर मुख्य चौकभन्दा झण्डै एकसय मिटर पुर्व पटी राजमार्गमा चाउचाउको कार्टुनमा उक्त प्रेशरकुकर बम राखेको प्रहरीले जनाएको छ ।

 

 बमको हल्लाले बिहानै देखी यातायात पुर्णरुपमा प्रभावित भएको छ । नेपालीसेनाको टोलीद्धारा उक्त बमलाई डिस्पोज गर्ने तयारीमा जुटेका छन । बिहान ५ बजे उक्त स्थानमा शंकास्पद बस्तुु रहेको खबर पाएपछी ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर बाट गएकोटोलीले उक्त स्थानको सुरक्षा गरेको थियो ।

 

हाल ईन्द्रबक्स गण पुरेनवा गौर बाट गएको नेपाली सेनाको टोली अहिले उक्त प्रेशरकुकर बम डिस्पोज गरीरहेको जिल्ला प्रहरी कार्यालय कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिएका छन ।

 


बिहान ५ बजे चन्द्रपुर स्थित राजमार्गमा कुकरबम राखेको हल्ला चले पछी यातायात अबरुद्ध भएको छ । आईतबार साँझ काठमाण्डौ स्थित बिभिन्न ठाँउमा बम बिष्फोटको घटना भएपछी हाल रौतहटमा पनी सुरक्षा ब्यवस्था कडा बनाईएको छ ।

 

पुर्वपश्चिम राजमार्ग तथा अन्य सहायक मार्गमा पनी बिहानै देखी प्रहरीको बाक्लो उपस्थिति देखिएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

 मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न

  • २०७६ जेठ १३ सोमबार

न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।

पूरा पढ्नुहोस्

Bureau Menus