सिरहा कल्याणपुर नगरपालिकाका ओभरसियर साफी कार्यालयमै कुटिए !

आफू तल्लो जातिको भएकै कारण आफूमाथि कार्यालयमै हातपात भएको र कसैले वास्ता नगरेको उनले दुखेसो पोखे ।

२०७६ जेठ ८ बुधबार
बिहान ११:२१ बजे
विनय यादव | सिरहा

न्यूज ब्यूरो, सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका एक कर्मचारी कार्यालयमै कुटिएका छन् । कार्याकक्षमै रहेर काम गरिरहेको बेला ओभरसियर छेदि कुमार साफी (रजक) उपर हातपात भएको हो ।


कामको सम्झौता र कार्यदेश बिनै जबर्जस्ती कामको मूल्यांकन गराउन आएका कल्याणपुर नगरपालिका वडा नं. ७ रमपुरा भेडियाका दिपेन्द्र यादवसहित आएको समूहले मंगलवार दिउँसो ३ः०० बजेतिर नै उनी उपर हातपात गरेका हुन् ।


गत भदौ–असोजमै कल्यापुर ७ कै आधारभुत विद्यालय रमपुरा भेडियाको प्राङ्गणमा माटो पुरेको मूल्यांकन गरिदिन भन्दै आएका दिपेन्द्र यादवसँग कामको सम्झौता र कार्यादेश माग गरेपछि आफूमाथि हातपात गरेको ओभरसियर रजकले बताए । उनले आफूले कागजात ल्याउनुस अनिमात्र मूल्याङ्कन हुन्छ भनेवितिकै यादवसँगै आएका एक जनाले आफूमाथि हातपात गरेको दुखेसो सुनाए ।

 

उनले न्यूज ब्यूरोसँगको कुराकानीमा भने, -"नगरसँग कुनै सम्झौता छैन, कार्यादेश छैन, केको आधारमा मैले मूल्यांकन गर्नु ?  अवैधानिक मुल्यांकन गर्न नमानेपछि उनीहरुले गालामा थपड हानेको उनले दुखेसो पोखे ।

 

यता, वडाध्यक्ष रामकुमार श्रेष्ठलेभने आफूलाई यादवले कुन बजेटबाट काम गरेको केही जानकारी नभएको बताए । उनलेभने, ुविद्यालयको प्राङ्गणमा पानी जमेपछि विद्यालयका शिक्षक र व्यवस्थापन समितिको अनुरोधमा माटो पुरेको थिएँ त्यसकै आसमापसमा उनलेपनि भरे तर उनले कुन बजेटबाट काम गरेको हो मलाई कुनै जानकारी छैन ।

 

नगर प्रमुख सूर्यनाथ मण्डलले पनि आफूलाई उनले कुन बजेटबाट काम गरेको हो भन्ने विषयमा जानकारी नभएको बताए ।

 

ओभरसियर रजकले आफूले यसबारे कल्याणपुर प्रहरीमा उजुरी गरेपनि उनीहरुलाई पक्राउ पर्न नसकेको बताए ।

 

उनले यस उपर नगरपालिकाबाट ठोस चाँसो नदेखिएको दुखेसो सुनाए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूजब्यूरोका पत्रकार यादवले प्रहरीसँग मागेका थिए सुरक्षा, आरोपितहरु गाउँबाट भागे

  • २०७६ जेठ ८ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । दुर्घटना भनेर हत्या गरिएका न्यूज ब्यूरोका कार्यकारी सम्पादक विनय कुमार यादवले केही दिन अगाडी धनुषा प्रहरीसँग आफ्नो ज्यानको सुरक्षा मागेको खुलेको छ ।  पत्रकार यादवको मोबाईलमा भेटाएको

पूरा पढ्नुहोस्

Bureau Menus