दक्ष जनशक्ति उत्पादन गरी युवाहरुको विदेश पलायन नियन्त्रण गर्छौ : मेयर बरबरिया 

स्थानीय स्तरमै रोजगारीको सृजना हुने गरी कार्यक्रम तथा योजनाहरु नगरपालिकामा लागू गर्ने

२०७६ बैशाख २६ बिहीबार
रति ९:३३ बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगरमा एक महिने निःशुल्क नगरस्तरीय लोक सेवा तयारी कक्षा विहिबार सम्पन्न भएको छ । 

 

शहिदनगर नगरपालिकाको सहयोगमा गत चैत्त २६ गतेदेखि विधिवत रुपमा सुरु भएको ३० दिने नगरस्तरीय निःशुल्क लोकसेवा तयारी कक्षाको लागि नगरपालिकाबाट १ सय २० जना युवायुवतिहरुलाई सहभागी गराइएको थियो । गैर सरकारी सँस्था मानव विकास केन्द्रको समन्वयमा सम्पन्न भएको उक्त लोकसेवा तयारी कक्षा समापन कार्यक्रममा बोल्दै मेयर बरबरियाले युवाहरुको विदेश पलायनलाई नियन्त्रण गर्ने बताए । 

 

सो कार्यक्रमको दौरान मेयर बरबरियाले सहभागी १ सय २० सै जनालाई सहभागीताको प्रमाणपत्र समेत बाँडेका थिए । 

समापन कार्यक्रमको दौरान उनले नगरपालिकाभित्रै निःशुल्क लोकसेवा तयारी कक्षा सँचालन गरेर राष्ट्रसेवक कर्मचारीको लागि समेत शहिदनगर नगरपालिकाबाट दक्ष जनशक्ति उत्पादनमा जोड दिएको बताए  । उनले भने, - "नगरपालिकाको सहयोगमा नगरपालिकाबाट १ सय २० जना युवायुवितहरुलाई सहभागी गराएर उनीहरुको भविष्य सेट हुने गरी प्रशिक्षण प्रदान गरिएको छ । उनीहरुको भविष्य सुनिश्चितताको लागि दक्ष प्रशिक्षकबाट लोकसेवा आयोगको तयारी गराइएको छ ।" 

 

शहिदनगरबाट राष्ट्रसेवक कर्मचारीको नयाँ रेकर्ड कायम हुन्छ : मेयर बरबरिया


उनले दिनानुदिन बेरोजगारीको समस्या बढदै गएकोप्रति चिन्ता व्यक्त गर्दै स्थानीय स्तरमै रोजगारीको सृजना हुने गरी कार्यक्रम तथा योजनाहरु नगरपालिकामा लागू गर्ने बताए ।  शिक्षित युवाहरु पनि  तीब्र रुपमा बिदेश पलायन भइरहेको अवस्थामा लोकसेवा आयोगको विभिन्न पदको तयारी गरि नाम निकालेर  राष्ट्रको सेवामा  लागे स्थानीय निकायबाट देशकै भबिस्य सुनिश्चित हुने बताए ।

 

 

कक्षाको अन्तिम दिन समापन कार्यक्रमको दौरान मेयर बरबरियाले स्थानीय स्तरमै लोकसेवा तयारी कक्षाको व्यवस्था गरेको भन्दै सहभागी विद्यार्थीहरुले उनको खुलेर प्रशंसा गरेका थिए । सो क्रममा मेयर बरबरियाले पनि सहभागीहरु उपर कृतज्ञता व्यक्त गर्दै शहिदनगरको नाम रौशन गर्न सुझाएका थिए । 

 

समापन कार्यक्रममा नगरपालिकाकी उपप्रमुख शिला देवी कापर , प्रमुख प्रशासकीय अधिकृत नन्द किशोर झा, कम्प्युटर अपरेटर विष्णुदेव यादव, सुब्बा बिन्देश्वर यादव, लेखापाल लोक बहादुर नेपाली,  ईन्जिीनीयर सँजय यादव , स्थानीय विद्यालयक प्रधानाध्यापक , प्रशासन प्रमुख, मानव बिकास केन्द्रका अध्यक्ष कुन्दन झा  लगायतले सहभागीहरुलाई उज्वल भविष्यको कामना गरेका थिए ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः श्रीमान र ससुराले गोप्य भिडियो बनाएको भन्दै जिल्ला प्रहरी अगाडी दुई महिलाको धर्ना

  • २०७६ बैशाख २६ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । आफ्नै श्रीमान र ससुराले गोप्य भिडियो बनाएको भन्दै एक महिलाले न्यायको लागि जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी धर्नामा बसेकी छन् ।  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ क्याम्पसचौक

पूरा पढ्नुहोस्

Bureau Menus