'डा. सिके राउतको बैठकमा राष्ट्रियगान होईन मधेशगान बजेको थियो'

सो बैठकमा सहभागी पाँच जना कन्याहरुले स्वागत गीत गाएर अतिथि सत्कार तथा स्वागत गरेकी थिइन ।

२०७५ चैत ३ आइतबार
बेलुकी ६:२८ बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो, जनकपुरधाम । स्वतन्त्र मधेश गठबन्धनको आईतबार सिरहाको लहानमा बसेको बैठकपूर्व मधेशगान सहित पञ्चकन्याले स्वागतगान मात्र गाएको दाबी गरिएको छ । 

 

लहानको मारवाडी सेवा सदनमा बसेको बैठकलाई अगाडी बढाउनुपूर्व उपस्थिति अतिथिहरुलाई मधेशको बारेमा बनाइएको मधेशगान (मधेशको कथाव्यथा, धर्म सँस्कृति, रहनसहन, पर्यावरणहरुलाई समेटेर बनाइएको एक गान) र स्वागतगानले उनीहरुलाई स्वागत गरेको दाबी गरिएको छ । उपस्थित पञ्चकन्या (पाँच जना कन्या) ले बैठकमा तराई मधेशको विभिन्न २२ जिल्लाबाट सहभागी भएका अतिथिहरुको लागि स्वगतगान मात्र गाएको प्रष्टाएको छ ।

 

आईतबार डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले डाकेको राष्ट्रिय परिषदको बैठकमा बैठकअघि राष्ट्रियगान बजाएको तथा बैठक नै राष्ट्रियगानबाट सुरुवात गरेको समाचारहरु विभिन्न सँचारमाध्यममा प्रकाशित भएपछि गठबन्धनका एक नेताले त्यस्तो केही पनि नभएको दाबी गरे ।

 

गठबन्धनकै पोषण यादवले भने,- "राष्ट्रिय गान बजेको बेला सहभागीहरुले शिर ठाडो पारेर उभिन्छ तर त्यो बैठकको कुनै पनि भिडियो वा तस्विरमा राष्ट्रिगान बेलाको झलक देखिदैन । हो, स्वतन्त्र मधेश गठबन्धनको तथा स्वराज अभियानका प्रथम शहिद राम मनोहर यादवलाई स्मरण गर्दै उनको फोटोमा फूलमाला र अबिर लगाउँदै मौन धारण अवश्य गरिएको थियो । तस्विरमै पनि पञ्चकन्याले मधेशगान गाईरहेकी छन् र सहभागीहरु आ आफ्नो कुर्शीमा तल बसिरहेको देखिएको छ । राष्ट्रिय गान गाएको भए सबैजना कुर्शीबाट उठेको हुनेथियो की नाई ? " 


राष्ट्रिय गानको बेला सहभागीले उभिनुपर्ने भएपनि राष्ट्रियगान नबजेकै भएपनि केही मिडियाहरुले आफूखुसी बनाबटी समाचार लेखेर प्रकाशित गरेकोप्रति आपत्ति जनाए । उनले भने,  -डा". राउतको यो बैठकमा समर्थक वा सहभागीहरुलाई समेत मोबाईल सम्म भित्र लैजान दिएनन् । बैठकको तस्विर पनि मात्र आयोजकको तर्फबाट क्यामेरामा कैद गरिएको हो । पत्रकारहरुलाई गोपनियताको हिसाबले पनि भित्र छिर्न दिएको थिएन । यहाँसम्म की प्रहरीलाई पनि भित्र जान दिएनन् । यस्तोमा कसले राखेको छ राष्ट्रिय गानको भिडियो ? यो आफूखुसी समाचार हो, हाम्रो बैठक राष्ट्रियगानबाट सुरुवात नगरिएको  भन्दै खण्डन गर्न चाहन्छु ।" 


सो बैठकमा सहभागी पाँच जना कन्याहरुले स्वागत गीत गाएर अतिथि सत्कार तथा स्वागत गरेकी थिइन । सोमबारसम्म चल्ने यो बैठकमा गोपनियतामा भने कडाई गरिएको छ । आगामी ५ गते मँगलबार डा. सिके राउतलाई लहानमै नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । 

  • 0%
  • 33%
  • 0%
  • 0%
  • 33%
  • 33%

फुल लिएर तिम्रो लागि आउनेछु आमा !

  • २०७५ चैत ३ आइतबार

हर्ष खुसीको उमङगले नयाँ पाइला टेकोस् । अधुरो सपना नेपालीको मार्ग पाऊन् सफलताले ! चढ्दै शिखर, सागरमाथाको चन्द्र, सूर्यको सम्मान झल्कोस् । नयाँ वर्षमा नेपालीको गरिमा भल्कोस् अँकाश जस्तै व्यापक

पूरा पढ्नुहोस्

Bureau Menus