स्वतन्त्र मधेश गठबन्धनको बैठक लहानमा सुरु, मोबाईल 'नो ईन्ट्री'

बैठकमा सहभागी हुन बोलाइएकाहरुको नागरिकता वा अन्य पहिचान खुल्ने प्रमाणपत्र हेरेर मात्र भित्र प्रवेश गराइएको छ ।

२०७५ चैत ३ आइतबार
दिउसो १:४२ बजे
दृष्य : मरवाडी सेवा सदन, लहान

न्यूज ब्यूरो, सिरहा । स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक आजदेखि सिरहाको लहानमा सुरु भएको छ । नेपाल सरकारसँग भएको ११ बुँदे सम्झौता पश्चात् गठबन्धनले पहिलो पटक बैठक डाकेको हो । 

 

गठबन्धनको राष्ट्रिय परिषद् बैठक लहानस्थित मरवाडी सेवा सदनमा १ बजेदेखि सुरु भएको छ । नेकपाको सरकारसँग ११ बुँदे सम्झौता गरेर स्वतन्त्र मधेश गठबन्धन मूलधारमा आएपछि गठबन्धनको अगामी रणनीति कस्तो हुने, पार्टी दर्ता गराएर अगाडि बढ्ने कि नबढ्ने, मधेशमा कुन–कुन एजेण्डा उठाउने लगायतका विषयमा छलफल हुने बताइएको छ । 

 

बैठकमा दावी गरिँदै आएको मधेशको २३ जिल्लाकै कम्तीमा २०० जनाको सहभागिता रहेको बताइएको छ । 

 

सरकारसँग भएको सम्झौतापछि फैलिएका विभिन्न भ्रमहरु समेत दुई दिनसम्म चल्ने यस बैठकबाट अन्त्य हुने स्रोतको दावी छ । बैठक भोलीसम्म चल्नेछ । 

 

बैठक बसेको वरिपरी सुरक्षा व्यवस्था कडा पारिएको छ भने परिषद्का सदस्यहरुको मोवाइल समेत बैठकस्थलभित्र निषेध गरिएको छ । बैठकलाई अनुशासित एवं मर्यादित तुल्याउन मोबाईल नो ईन्ट्री गरिएको हो । बैठकमा सहभागी हुन बोलाइएकाहरुको नागरिकता वा अन्य पहिचान खुल्ने प्रमाणपत्र हेरेर मात्र भित्र प्रवेश गराइएको छ ।

 

बैठकमा दावी गरिँदै आएको मधेशको २३ जिल्लाकै कम्तीमा २०० जनाको सहभागिता रहेको बताइएको छ । 

 

राष्ट्रिय परिषद्को बैठकपछि ५ गते मँगलबार डा. राउतलाई उनका समर्थकहरुले लहानस्थित मधेश आन्दोलनका प्रथम सहिद रमेशचोकमा शक्ति प्रदर्शन सहित नागरिक अभिनन्द गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७५ चैत ३ आइतबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus