जनकपुरको जानकी मेडिकलमा पुनः तालाबन्दी 

उनले आफ्नो मात्रै  ९ लाख ५० हजार रुपैया अस्पतालले दिन बाँकी रहेको बताए ।  

२०७५ फाल्गुण २६ आइतबार
दिउसो १:४२ बजे
न्यूज ब्यूरो, धनुषा ।
तस्विर : पत्रकार किरण कर्णको क्लीकबाट


न्यूज ब्यूरो, जनकपुरधाम ।  पटक पटक तनाव र विवादमा पर्दै आएको जनकपुरको जानकी मेडिकलमा पुनः तालाबन्दी गरिएको छ । 


तलव पारिश्रमिक नदिएको भन्दै त्यस अस्पतालमा काम गरेका पूर्वचिकित्सकहरुले जानकी मेडिकल कलेजको काउण्टर चल्न दिएको छैनन् । उनीहरुले कलेजको काउण्टरमै तालाबन्दी गरी विरोध जनाउँदै आफ्नो तलब माग गरेका हुन् ।

 

काम गर्दा पाउनुपर्ने तलबको माग गर्दै आधा दर्जन पूर्व चिकित्सकहरुले जनकपुर स्थित ब्रह्मपुरी चोकमा रहेको शाखा अस्पतालको रुपमा सञ्चालित जानकी मेडिकल शिक्षण अस्पतालको काउण्टरमा आज  तालाबन्दी गरेका हुन् । पूर्व चिकित्सकहरुले अस्पतालको काउण्टरमा करिब २ घण्टा तालाबन्दी गरेका हुन् ।

 

काम गरेर छोडेको एकवर्ष वित्न लाग्दा पनि बाँकी तलब निदएकाले बाध्य भएर अस्पतालको काउण्टरमा तालाबन्दी गरेको डा. कर्मेन्द्र यादवले बताए ।  अस्पताल छाडिसकेका डा. शम्भु साह, डा. गौतम झा, डा.अस्विनी झा, डा.आशोक अधिकारी, डा.सरोज यादव लगाय झण्डै ५० भन्दा बढी कर्मचारकिो लाखौं रुपैयाँ अस्पतालमाथि बाँकी रहेको चिकित्सकहरुको दावी छ ।


उनले आफ्नो मात्रै  ९ लाख ५० हजार रुपैया अस्पतालले दिन बाँकी रहेको बताए ।  अस्पताल व्यवस्थापन पक्षसंग पटक पटक बाँकी तलब दिन आग्रह गर्दापनि अटेर गरेकाले बाध्य भएर काउण्टरमा तालाबन्दी गरेको चिकित्सकहरुको भनाई छ ।

 

पत्रकार किरण कर्णको कलमबाट 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०७५ फाल्गुण २६ आइतबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus