मधेश सरकार जुनसुकै बेला परिवर्तन हुन सक्छ : पूर्व प्रम नेपाल

सकारात्मक एवं नयाँ कार्यको थालनी गरेको छ जसबाट आम नेपाली जनतालाई प्रत्यक्ष रुपमा फायदा पुग्ने विश्वास व्यक्त गरे । 

२०७५ फाल्गुण ७ मंगलबार
रति ८:३७ बजे
सँजय सहनी


न्यूज ब्यूरो, रौतहट ।  पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश नं.२ को सरकार कुनै बेला पनि परिवर्तन हुन सक्ने बताएका छन् । 


रौतहटको गौरमा राजदेमी मिडिया सेन्टरद्धारा मंगलवार आयोजित डिसहोम “सातौं जिल्ला स्तरीय महिला साईकल दौड प्रतियोगिता” मा विजयी भएका छात्रालाई पुरस्कार वितरण गर्दै नेकपाका वरिष्ठ नेता नेपालले संख्या अंक गणितको आधारमा कुनै पनि वेला सत्ता परिवर्तन हुन सक्ने आशंका व्यक्त गर्दै जनहितमा काम गर्न प्रदेश २ का सरकारलाई सुझाव दिए । 


प्रदेश २ को वर्तमान सरकारले जनमूखी कार्य नगरे राजनितिक गणितको आधारमा आउदो समयमा सरकार परिवर्तन हुने संकेत समेत उनले दिए ।
 नेपाल कम्युनिष्ट पार्टीको सरकार केन्द्र सहित ६ वटा प्रदेशमा रहेको चर्चा गर्दै प्रदेश नम्वर २ मा सवैभन्दा ठूलो पार्टी नेकपा रहेको भएपनि राजपा फोरमको सरकार रहेको बताए । 


हामी विकास चाहन्छौ, राजपा र फोरमले विकास गरे ठिकै छ होइन भने आफ्नो पार्टीले बैकल्पिक बाटो अपनाउन सक्ने उहाँको भनाइ थियो । 
विकासमा लागौ भ्रष्टाचार नगरौं, अहिलेको सरकार भ्रष्टाचारीलाई कानुनी कारवाही गर्न तत्पर रहेको बताए । उहाँले इमान्दार भएर विकास निर्माणको कार्यमा सबै लाई लाग्न आग्रह समेत गरे ।   


    इमान्दार भएर जनताको सेवा गरौं, भ्रष्टाचारीलाई दण्डित गरौं, केही नेताहरुको नाम चलेको थिए तर उनीहरु अहिले भ्रष्टाचारका कारण ओझेलमा परेको बताए । भ्रष्टाचारको लोभमा जिवन बर्वाद नगरौं, पैसा त आउँछ पछि पछुताउनुको विकल्प नरहेको बताउदै, देशलाई सेवा गरौं जनतालाई न ठगौं, निस्वार्थ रुपमा जनताको वृहत्तर हितमा काम गर्न सुझाव दिदै केन्द्रको होस वा प्रदेशको वा स्थानीय तहका हुन् भ्रष्टाचार गर्नेलाई माफि दिने अवस्था सृजना नहुने नेता नेपालले चेतावनी दिए ।


    प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघियता स्थापना भई संविधान जारी भएपनि मुख्य लक्ष्य सुखि नेपाली र विकसित नेपाल बनाउने कार्य अझै बाँकी रहेको बताउदै नेता नेपालले मुलुकलाई संघिय ढाँचामा हिडिरहेको छ तर जनताहरु सुखी एवं समृद्ध हुदैन तव सम्म नेपाल विकसित हुन नसक्ने स्पष्ट पारे । 

 

    मुलुकमा रहेको गरिवीको समस्या समाधान, भेदभावको अन्त्य, पिछडापना अन्त्य, सवैलाई समानता र समाजिक न्यायको व्यवस्थापन नभएसम्म नेकपाको लक्ष्य पुरा नहुने बताउदै उनले वर्तमान केपी ओलीको सरकार निरन्तर रुपमा नेपालीलाई आत्मनिर्भर बनाई यो मुलुकलाई विकसित राष्ट्रको सुचीमा उभ्यान लागिपरेको बताए । 

 

    नेकपाको सरकार भएपनि विना भेदभावपूर्ण तवरबाट सकारात्मक कार्यहरु गरिरहेको चर्चा गर्दै उनले केही कमीकमजोरी भएको होला रु त्यसलाई नकार्न सकिन्न तर धेरै सकारात्मक एवं नयाँ कार्यको थालनी गरेको छ जसबाट आम नेपाली जनतालाई प्रत्यक्ष रुपमा फायदा पुग्ने विश्वास व्यक्त गरे । 


    हुलाकी राजमार्ग सम्पन्न गराउने, मध्य लोकमार्ग पुरा गराउने, पुर्व पश्चिम राजमार्गलाई ८ लेनको बनाउने योजना, मेची देखि महाकाली सम्म विद्युतीय रेलको संचालन, समाजिक सुरक्षा भत्ता, मजदुर, श्रमिकलाई सुरक्षा भत्ता, अस्पतालमा इन्सुरेन्स, वेरोजगारलाई भत्ता वा रोजगारको व्यवस्था गर्ने लक्ष्यका साथ वर्तमान केपी ओली नेतृत्वको सरकार अघि बढेको स्पष्ट पारे ।

 वृढलाई पेन्सनको व्यस्थापन गरी महिनाको ५ हजार सम्म कायम गराउनुको साथै तराई मधेश समृद्ध योजनाहरु लागु अहिलेको सरकारको देन रहेको बताए ।  मुलुकलाई स्वतन्त्र बनाउन तथा राणा जहानिया शासनको अन्त्य गराउन विर नेपाली सपुतहरु आफना छातीमा गोली खाएर आएको दिनको सम्झनामा प्रजातन्त्र दिवशको रुपमा मनाउने गरेकोमा आजको दिनमा विर योद्धा सपुत प्रति श्रद्धान्जिली व्यक्त गरे । 

 

राजदेवी मिडिया सेन्टरद्धारा संचालित महिला साइकल दौड प्रतियोगिताबाट सुझाव लिएर प्रदेश सरकारले पनि बेटी बचाउ बेटी पढाउ अभियान संचालन गरेको कार्य सराहनिय रहेको बताए ।


    छोरीलाई शिक्षित बनाएपनि बिहे गर्दा दाइजो दिनुपर्ने विवशता रहेकोमा दुख व्यक्त गर्दै नेता नेपालले दाइजो लिनेलाई कानुनी कारवाही गरेमा मात्र तराई मधेशबाट दाइजो प्रथाको अन्त्य गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा संघिय सांसद सरला यादव, प्रदेश सांसद कुन्दन कुशवाहा, बाबुलाल साह, गौरका मेयर अजय गुप्ता, उपमेयर किरण ठाकुर, नेकपा नेता शम्भु साह सहितलेआफ्नो मन्तव्य व्यक्त गर्दै बेटी बचाउ र बेटी पढाउ अभियानमा सबैले कम्म्बर कसेर लाग्नुपर्ने धारणा व्यक्त गरेका थिए । 

 

कार्यक्रममा पहिलो भएकी चन्द्रपुर ८ की संगिता चौधरीलाई नगद ५० हजार सहित एक साईकल, द्धितिय सन्जु चौधरी, सूर्य कुमारी थापालाई साइकल सहित नगद ३० हजारका दरले प्रदान गरिएको छ । 

 

सहभागी २६ जना समेतलाई साइकल दिएको मिडिया सेन्टरका अध्यक्ष रामपुकार पटेलले बताए । कार्यक्रममा आर।डि।सी।नेपाल, माण्डवी, भिएसओ गरी जिल्ला सम्पूर्ण नगरपालिकाको आर्थिक सहयोगमा भव्यताका सम्पन्न भएको थियो ।     

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०७५ फाल्गुण ७ मंगलबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus