जनकपुरबाट आफ्नै अपहरण गराएर रकम ठग्ने तीन जना पक्राउ

पक्राउ परेका तिनै जना माथि सार्वजनिक हित सम्वन्धि मुद्दा लगाएर छानवीन प्रक्रिया अगाडी बढाईएको जनाइएको छ ।

२०७५ फाल्गुण ३ शुक्रबार
दिउसो १:२४ बजे
न्यूज ब्यूरो | नेपाल
तस्विर : दिपक कर्ण


न्यूज ब्यूरो, जनकपुरधाम । आफ्नै अपरहण गराएर झूठो नाटक गरी रकम ठग्न खोज्ने तीन जनालाई धनुषा प्रहरीले पक्राउ गरेका छन् ।


प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधामको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ बेलौनी बस्ने २२ वर्षिय अजय कुमार साहले साथीसँग मिलेर अपहरणको झुटो नाटक रची अभिभावकसँग ५ लाख रुपैयाँ ठग्ने प्रयास नै गरेपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 


जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी झुठा अपहरणकारीहरुलाई पक्राउ गरी सार्वजनिक गरेका छन् । पक्राउ पर्नेहरुमा अपहरणको नाटकमा संलग्न जनकपुरधाम उपमहानगरपालिका–२३ का समसाद नदाफ र रौतहट गढीमाई नगरपालिका वडा नम्बर–८ का अरविन्द यादव रहेका छन ।


साथीको जन्मदिन पार्टीमा गएको अजय कुमार साहलाई अरविन्द कुमार यादवले फोन गरि अपहरण भएको र मुक्त गर्नका लागि १५ लाखको व्यवस्था गर्नु भनेर अजय साहको अभिभावकलाई फोन गरेपछि साहका अभिभावकले प्रहरीमा उजुरी दिएका थिए ।

 

समाचार र तस्विर : दिपक कर्ण  

पछि गएर ५ लाख रुपैयाँ फिरौती दिने सहमती पश्चात बर्दिबासमा पैसा लिन आएपछि प्रहरीले पक्राउ गरि सोधखोज गर्दा अपहरणको घटनाको मुख्य योजनाकार उनकै छोरा रहेको बुझिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए ।
अपहरणको नाटक गरेर तिनै जना काठमाण्डौमा लुकेर बसेको र फिरौतीको सहमती पश्चात पैसा लिन जनकपुरधाम आएपछि पक्राउ गर्न सफल भएको धनुषा प्रहरीले बताएको छ ।


अपहरणको मुख्य योजनाकार साहले मोटरसाईकल किनेर भारतको गोवा घुम्न जाने योजनाका साथ अपहरणको नाटक रचेको छानवीनमा खुल्न आएको धनुषा प्रहरीले जनाएको छ । पक्राउ परेका तिनै जना माथि सार्वजनिक हित सम्वन्धि मुद्दा लगाएर छानवीन प्रक्रिया अगाडी बढाईएको जनाइएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०७५ फाल्गुण ३ शुक्रबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus