मधेशका मुख्यमन्त्री राउतले भने,- 'मधेशी युवाहरुलाई जागिरकै लागि प्रहरी ऐन ल्याएका छौँ ' 

मधेशीको अधिकारको लडाईमा वीरगति प्राप्त गरेका वीर शहिदहरुको परिवारलाई मधेश सरकारले नोकरी (जागिर) दिने प्रतिवद्धता जनाए । 

२०७५ माघ ६ आइतबार
बिहान १०:२८ बजे
न्यूज ब्यूरो | नेपाल


लहान, ६ माघ ।  मधेशका मुख्यमन्त्री मो.  लालबाबू राउतले मधेश र मधेशी अधिकारको लागि सहादत दिएका वीर शहिदहरुको परिवारलाई खोजी खोजी सम्मान सहित रोजगारी दिने बताएका छन् ।

 

१२ औँ बलिदानी दिवसको अवसरमा सिरहाको लहानमा आयोजित शहिद परिवार सम्मान तथा मधेशी शहिदप्रतिको श्रद्धाञ्जली कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मधेश र मधेशीको अधिकारको लडाईमा वीरगति प्राप्त गरेका वीर शहिदहरुको परिवारलाई मधेश सरकारले नोकरी (जागिर) दिने प्रतिवद्धता जनाए । 

 

मधेश सरकारले मधेशी युवाहरुलाई जागिर दिनकै लागि मधेश प्रहरी ऐन ल्याउन लागेको जिकीर गर्दै उनले मधेशी जनताको हकहितको लागि मधेश सरकार सधैँ तत्परता देखाउँदै आएको थपे । शहिदको सपना साकारको लागि मधेश सरकार दिनरात कसरतमा लागेको उनले बताए । 

 

कार्यक्रममा मुख्यमन्त्री राउतले शहीदको बलिदानीकै कारण आज मधेशमा मधेशी जनताको सरकार स्थापित भएको उल्लेख गर्दै प्रदेश सरकार शहीदहरुको सपना साकार पार्न लागि परेको उल्लेख गरे । 


मधेश आन्दोलनको बलमा स्थापित संघीयतालाई कमजोर पार्ने काम भैरहेको तर्फ सचेत गराउँदै उनले त्यस्तो कार्य मधेशको जनता र मधेश सरकारलाई स्वीकार हुन नसक्ने चेतावनी समेत दिए ।

 
मधेशका प्रथम शहीद रमेश महतोको बुवाको अध्यक्षतामा सम्पन्न १२ औँ बलिदानी दिवस कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र प्रतिनिधि सभा सदस्य रेणु कुमारी यादवले आफुहरु आन्दोलनको बेलामा गरेको बाचा अक्षरसः पालना गर्ने तर्फ उन्मुख रहेको उल्लेख गरे । 


कार्यक्रममा उप्रधानमन्त्री यादवले मधेशी जनताले गरेको बलिदानीकै कारण मुलुक अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको र मधेशीहरु मुलुकमा मात्र नभई विश्वभरिमै आफनो पहिचान स्थापित गरेको उल्लेख गरे।


 शहीदहरुको बलिदानी र घाइतेहरुको परिश्रमलाई आफुहरु कहिले पनि विर्सन नसक्ने उल्लेख गर्दै उनले अब प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै थप अधिकारको लागि संघर्ष गर्ने जिम्मेवारी आफुहरुको काँघमा रहेको बताए ।

 


उपप्रधानमन्त्री यादवले संविधान संशोधनको विकल्प नरहेको जिकिर गर्नु हुँदै कार्यदल बनाएर संविधानमा रहेको त्रुटीहरुलाई एकमुष्ट संशोधनको प्रक्रिया अघि बढाउन आग्रह समेत गरे । 

१२ औ बलिदानी दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा प्रदेश सरकारले मधेश विद्रोहका ४६ जना शहीद परिवारलाई रोजागारी पत्र समेत प्रदान गरेको छन । प्रदेश सरकारको पहिलो मन्त्रि परिषदको बैठले शहीद परिवारलाई रोजगारी दिने घोषणा गरे अनुरुप बलिदानी दिवसको अवसर पारेर मुख्यमन्त्री लालबाबु राउतले उनिहरुलाई रोजगारी पत्र प्रदान गरेको हो ।


 त्यसै गरि प्रदेश सरकारले मधेश आन्दोलनको क्रममा शक्त घाइते भएकाहरुलाई राहत समेत उपलब्ध गराएको छ । ७७ जना सक्त घाइतेहरुको उनिहरुको अवस्था हेरी २५ हजार देखी ३ लाख सम्मको चेक हस्तान्तरण गरिएको छ । 


कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, बन उद्योग तथा पर्यटन मन्त्री राम नरेश राय, समाजिक विकास मन्त्री नवल किशोर साह, राज्यमन्त्रीहरु उषा यादव, योगेन्द्र यादव, सरोज सिंह कुशवाहा, अभिराम शर्मा, सुरेश मण्डल, प्रतिनिधि सभा सदस्य राम सहाय यादव, प्रमोद साह , प्रदेशसरकारका मुख्य सचिव लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन मुख्यन्यायधिवक्ता दिपेन्द्र झाले गर्नु भएको थियो ।


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतीय ह्याकरद्धारा संघीय सँसदको वेभसाइट ह्याक, लेख्यो -'Stop Supporting China'

  • २०७५ माघ ६ आइतबार

न्यूज ब्यरो, जनकपुरधाम ।  पछिल्लो समय निरन्तरजसो भैरहेको संघीय संसदको वेबसाइट डाउन र ह्याक हुने समस्या अझै हल हुन सकेको छैन । संसद्को वेभसाइटमा निरन्तर ह्याकरले पहुँच पु¥याइरहेका छन् । बिहीबार

पूरा पढ्नुहोस्

Bureau Menus