घर-घरमा योग पुरयाउँछौ : कान्छो मेयर 

२०७५ पौष २४ मंगलबार
बेलुकी ५:२७ बजे
न्यूज ब्यूरो, डेस्क


धनुषा, २४ पुस । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले समग्र नगरमै योग पुरयाउने बताएका छन् ।

 

नियमित योग सुरु गरेको स्मरणमा यदूकूहा आयूर्वेद औषधालय शहिदनगरमा नियमिति योग साधकहरुको दोस्रो वार्षिकोत्सवमा बोल्दै मेयर बरबरियाले विकासको पूर्वाधारको मूल तत्वको रुपमा रहेको स्वास्थ्यलाई मूर्तरुप दिनको लागि विश्वविख्यात मानिएको योगलाई प्राथमिकता दिनुपर्ने जनाए । 


योग गुरु सुनिल साहको अध्यक्षता तथा मेयर बरबरियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको वार्षिकोत्सव कार्यक्रममा बरबरियाले योग गरौँ, रोग भगाऔ र स्वस्थ्य रहौँ नारालाई मूर्तरुप दिनको लागि समग्र नगरमै योगको चर्चा सहित योग केन्द्रहरु सँचालन गर्ने प्रतिवद्धता अनुसार कार्य सँचालन जारी रहेको बताए । 

 

कार्यक्रममा मेयर बरबरियाले  योग घर घरमा पुर्याउन अभियानको रुपमा सँचालन गर्न सुझाव दिँदै सकारात्मक सोचका लागि योग अति आवश्यक रहेको बिचार राखे । साथै यदुकुहामा महिलाहरुको लागि छुटै महिला योग हल निर्माण गरिने पनि बताए । 


योगबाट रोग टाढा भाग्ने गरेको भन्दै नगरका आम सर्वसाधारणहरुसम्म योगको मार्फत नगरलाई स्वस्थ्य बनाउने जिम्मेवारी आफ्नो काँधमा भएको थपे । सो कार्यक्रम  कार्यक्रममा शहिदनगर नगरपालिकाका वडा सद्स्यहरुको सहभागीमा दैनिक योग गर्ने योग साधकहरु लगायत जग्गा दाता गँगाराम साह , औषधालय सहयोग समितिका पुर्व अध्यक्ष राम नारायण ब्यार , मिथलेश मणडल , मनोज दास , र्इलाका प्रहरी प्रमुख भिम खडका , ने क पा का युवा नेता रुपेश विराजि लगायत स्थानिय व्यापारीहरुको सहभागीता रहेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरको गँगासागर र धनुषसागर पोखरीको 'हेरिटेज एरिया' खाली गराइने, कहाँ जाला व्यापारीहरु ?

  • २०७५ पौष २४ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको  ऐतिहासिक एवं धार्मिक पवित्र गंगासागर र धनुषसागरको ‘हेरिटेज एरिया’ खाली गराइने भएको छ । साना व्यवसायीहरुले थापेको पसललाई अन्यत्र सारेर गंगासागर र धनुषसागर क्षेत्रलाई खाली गराउने

पूरा पढ्नुहोस्

Bureau Menus