कान्छो मेयरले अपरेशनको खर्च सहित विरामीलाई चश्मा र औषधी पनि बाँडे

२०७५ पौष ११ बुधबार
दिउसो १:२६ बजे
न्यूज ब्यूरो, डेस्क

जनकपुरधाम, ११ पुस । धनुषाको शहिदनगर नगरपालिकामा चलेको त्रिदिवसीय आँखा शिविरको क्रममा नगरका मेयर उदय कुमार बरबरिया (यादव) ले विरामीहरुलाई चश्मा र औषधी बाँडेका छन् ।

 

आँखा शिविरमा चेकजाँचको क्रममा मोतियाविन्दु ठहर भएका नगरका सर्वसाधारण विरामीहरुलाई लाग्ने १ हजार ५० रुपैयाँ प्रतिव्यक्ति खर्च समेत नगरपालिकाबाट उपलब्ध गराएका छन् भने उनीहरुलाई चाहिने चश्मा र औषधी पनि समेत मेयर बरबरियाले अन्तिम दिन वितरण गरेका छन् ।

 

पहिलो दिन ८० जनालाई मोतियाविन्दुको अपरेशन गरिएको थियो भने मँगलबार १ सय १२ जनालाई अपरेशन गरिएको हो । उनीहरु घर फर्किनु भन्दा अघि मेयर बरबरियाले उनीहरुलाई अपरेशनपछि लगाउने चश्मा र खाने औषधी निःशूल्क वितरण गरेका छन् ।

 

शहिदनगर नगरपालिकाका साथै अन्य ठाउँका विरामीहरुले उक्त शिविरमा सहभागी भएको थियो । काठमान्डौँको तिलगँगा अस्पतालका चिकित्सको टोली तथा जानकी आँखा अस्पताल जनकपुरधामको आयोजना र शहिदनगर नगरपालिकाको समन्वयमा त्रिदिवसीय आँखा शिविर सम्पन्न भएको हो । 

 

यसअघि शहिदनगर नगरपालिका वडा नंं ८ डुमरिया चोकमा गत पुस २ गते एक दिने आँखा शिविर सम्पन भएको थियो । पुस ८ र ९ गते समेत यदुकुहा आँखा अस्पतालमा शिविर चलेको थियो भने ९ र १० गते मोतियाविन्दुको अपरेशन गरिएको थियो । 

 

सर्वसाधारण, गरिब, विपन्न लगायत ५ सय बढी जना प्रत्यक्ष लाभान्वित भएका छन् भने मेयर बरबरियाले अपरेशनको खर्च नगरपालिकाबाटै उपलब्ध गराएपछि र चश्मा तथा औषधी समेत निःशूल्क वितरण गरेपछि उनीहरुमा बरबरियाप्रतिको लगाव बढेको देखियो । मेयर बरबरियाको प्रशंसा गरिएको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus