रहेनन् प्रसिद्ध गायक 'मो.अजिज' !

२०७५ मङ्सिर १२ बुधबार
बिहान ०९:२१ बजे
न्यूज ब्यूरो, डेस्क
Photo Credit : indiatvnews.com

 

एजेन्सी, भारत । भारतको प्रसिद्ध गायकहरुमध्ये एक रहेका मो. अजिजको मँगलबार निधन भएको छ । 


१९ हजार भन्दा बढी गीतमा आफ्नो सुमधुर स्वर दिएका गायक अजिजले ६४ वर्षको उमेरमा आफ्नो अन्तिम साँस लिएका हुन् । ९० दशकको सबभन्दा लोकप्रिय गायक अजिजलाई मानिन्छ । 


ऐ मेरे दोस्त लौटके आजा, विन तेरे जीन्दगी अधुरी है , आजकल कुछ भी याद रहता नही, आजा सनम, एक राजा है एक रानी और क्या जीन्दगानी है , अपने ये आंशु हाय कहाँ मै छुपाउ , तेरा गम अगर न होता तो शराब मैना पिता जस्ता हजारौँ हिट गीतहरु उनले गाएका हुन् ।


सन् १९५४ जुलाई २ मा पश्चिम बँगलाको अशोक नगरमा जन्मेका मो. अजिजको सोमबार राती कोलकत्तामा शो को कार्यक्रम रहेको थियो । सोमबार दिउँसो एयरपोर्टमा आउने वित्तिकै उनको स्वास्थ्य अवस्था विग्रेको उनकी छोरीले बताइन् ।


एयरपोर्टमा आएर गाडीमा बसेपछि उनले आफ्नो स्वास्थ्य अवस्था ठिक नरहेको बताएपछि नजिकैको  नानाबटी अस्पतालमा उनलाई भर्ना गरियो । 


केही समयपछि चिकित्सकहरुले चेकजाँच गर्दा उनलाई हार्ट अटैक (हृदयघात) भएको बताएका थिए ।  त्यसै बेला चिकित्कसहरुले उनलाई मृत घोषित गरेका थिए । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

NIC ASIA बैँकको ग्राहक खाताबाट डेढ लाख रुपैयाँ गायब

  • २०७५ मङ्सिर १२ बुधबार

न्यूज ब्यूरो, रौतहट । एनआईसी एशिया बैंकमा खाताधारीहरुको रकम असुरक्षित देखिएको छ । एनआईसी एशिया बैंक गौर शाखाबाट एक जना खाताधारीको १ लाख ४९ हजार रुपैयाँ गायब भएपछि बैंकमा पनि जम्मा

पूरा पढ्नुहोस्

Bureau Menus