जनकपुरको ५ पानी उद्योगमा शिलबन्दी 

शिल गरिएको पानी उद्योगहरुले मापदण्ड विपरित संचालन

२०७५ मङ्सिर ११ मंगलबार
बिहान ०७:४७ बजे
न्यूज ब्यूरो, डेस्क
यो सांकेतिक तस्विर मात्र हो, सांकेतिक प्रयोजनको लागि मात्र । तस्विर साभार : जनकपुर टुडे अनलाईन

न्यूज ब्यूरो, जनकपुरधाम ।  जनकपुरको ५ वटा पानी उद्योगमा शिल गरिएको छ ।


मापदण्ड विपरित उद्योग संचालनमा रहेको भन्दै संयुक्त अनुगमन टोलीले उत्पादन बन्द गर्ने गरी शिल गरिएकोे हो । जनकपुर उपमहानगरपालिका वार्ड नं. ७ स्थित पेठिया बजारमा जयप्रकाश चौधरीले संचालन गरेको जल इन्डिष्ट्रिजद्वारा उत्पादित अम्वर धारा, जनकपुर उपमहानगरपालिका वार्ड नं. ८ स्थित भ्रमरपुरा चोकमा प्रभुनन्दन साहले संचालन गरेको महामाया धारा प्रा.लि. र जनकपुर उपमहानगरपालिका वार्ड नं. ४ स्थित अजित कुमार रायले संचालन गरेको ग्लोवल एकता पानी उद्योगमा उत्पादन बन्द गर्ने गरी सोमवार शिल गरिएको अनुगमन टोली सदस्य घरेलु तथा साना उद्योगका कम्प्युटर अपरेटर जितेन्द्र प्रसाद सिंहले जनाए ।

 

अनुगमनको क्रममा जनकपुर उपमहानगरपालिका वार्ड नं. ४ स्थित एन.के. फूड एण्ड वेभरेज इन्डिष्ट्रिज प्रा. लि. द्वारा उत्पादित भ्याली पानी अनुज्ञापत्रका साथै कागजपत्र दुरुस्त भएको अनुगमन सदस्य  टोली सदस्य सिंहले बताए ।

 

 यस अघि सोमवार जनकपुरको जिरो माइलमा मो.कमालले संचालन गरेको स्टायलिस्ट एकवा प्रा.लि. र जनकपुरकै महुवा कपलेश्वरमा धर्मनाथ मंडलले संचालन गरेको गंगाजल पानी उद्योगमा शिल गरिएको थियो । 

 

शिल गरिएको पानी उद्योगहरुले मापदण्ड विपरित संचालन हुनुका साथै पानीलाई जाँच गराएर लिनुपर्ने अनुज्ञापन नवीकरण नगराएको अनुगमन टोलीले जनाएको छ ।

 

 जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत दिनेश साहको नेतृत्वमा गरिएको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनुषाका खाद्य निरिक्षक प्रविण कुमार तिवारी, घरेलु तथा साना उद्योग कार्यालयका कम्प्युटर अपरेटर जितेन्द्र प्रसाद सिंहका साथै साल्ट ट्रेडिङ, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि तथा संचारकर्मीहरुको सहभागिता थियो । आजको जनकपुर टुडेमा समाचार छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०७५ मङ्सिर ११ मंगलबार

Bureau Menus