जनकपुर अञ्चल अस्पताल प्रमुखमा डा. यादव

आम जनताले डा. यादवपछि अस्पतालको अवस्था सुधार हुने आसा समेत पलाएका छन् । 

२०७५ मङ्सिर २ आइतबार
रति ८:५५ बजे
विनय कुमार यादव


न्यूज ब्यूरो, जनकपुरधाम ।  जनकपुर अञ्चल अस्पतालको मेडिकल सुपरिडेन्टेडमा डा। नागेन्द्र यादवलाई नियुक्त गरिएको छ । 


यसअघि निर्वतमान मेडिकल सुपरिटेन्डेन्ट एवम् प्रमुख डा. राम परीक्षण यादवको मँसिर २ गते (आज) अवकाश भएसँगै डा. नागेश्वर यादव (एनपी यादव) लाई नियुक्त गरिएको हो । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतवार(आज) सिनियर मेडिकल अफिसर नागेन्द्र यादवलाई जनकपुर अञ्चल अस्पतालको मेसुमा नियुक्त गरेको अधिकारिक पत्र मार्फत जानकारी दिएको छ ।


झण्डै २ वर्षदेखि अस्पतालमा मेसुको रुपमा कार्यरत्त डा. रामपरीक्षण यादवको आईतवार अवकाश भएपछि डा. नागेन्द्र यादवलाई मन्त्रालयले मेसु बनाएको हो । यसअघि डा. रामपरीक्षण यादव मेसु भएको बेला विभिन्न प्रकारको प्रकरणमा मुछिदै आएका थिए ।


डा. एनपी यादव मेसुमा नियुक्त भएपछि अस्पताललाई चाहिने सुधार र विरामीलाई आवश्यक सेवा टाईम टु टाईम उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरेका छन् । हालाकी आम सर्वसाधारणहरुले डा. रामपरीक्षण जस्तै हालात पुनः अञ्चल अस्पतालको रहीरहने भनेर खेद समेत प्रकट गरिरहेका छन् ।


डा. यादव यसअघि जनकपुर अञ्चल अस्पताल विकास समितिका अध्यक्ष समेत रहीसकेका हुन भने कुनै पनि काण्डमा मुछिएका छैनन् । आम जनताले डा. यादवपछि अस्पतालको अवस्था सुधार हुने आसा समेत पलाएका छन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

 मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न

  • २०७५ मङ्सिर २ आइतबार

न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।

पूरा पढ्नुहोस्

Bureau Menus