धनुषाको माचिमा विशाल 'लक्ष्मी मेला' को आयोजना

मेला भर्नको लागि छिमेकी गाउँहरुबाट हजारौँको सँख्यामा सर्वसाधारणहरु आउने गरिन्छ ।

२०७५ कार्तिक २१ बुधबार
बिहान ०९:४९ बजे
न्यूज ब्यूरो, डेस्क

 

न्यूज ब्यूरो, धनुषा । विगत ५० वर्षदेखि निरन्तर धनुषाको माचि झिटकैयामा आयोजन हुँदै आएको महालक्ष्मी मेला यसपाली सबैभन्दा भव्य तरिकाले आयोजन गरिएको छ ।

 

 

कमला नगरपालिका वडा नं. २ मा अर्ध शतकदेखि आयोजना गरिदै आएको महालक्ष्मी मेलामा यसपाली विभिन्न प्रकारका मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गरिएको मेला अध्यक्ष विजय कुमार यादवले जानकारी दिए । 

 


अन्य वर्षको तुलनामा यसवर्ष मेलाको लागि प्रयाप्त ठाउँ, मनोरञ्जनात्म कार्यक्रम, साँस्कृतिक जगेर्ना कार्यक्रम, भव्य कलश भराई कार्यक्रम सहित खोईच भराई कार्यक्रमको आयोजना गरिएको छ । 

 

मेला कात्तिक २२ गते विहिबारदेखि २५ गत्तेसम्म लाग्ने छ । दिपावलीको दिन आज समेत साँस्कृति कार्यक्रम रहेको छ । 

खोईच भराईको लागि आसपासका गाउँहरुबाट सयौँको सँख्यामा महिला व्रतालुहरु आउने गर्दछ । बेलुका ८ बजेदेखि खोईच भराई कार्यक्रम सुरु हुनेछ । यसपाली खोईच भराई कार्यक्रममा मात्र महिलाहरुलाई स्वयँसेवकमा परिचालन गरिने मेला उपाध्यक्ष सुधिर यादवले बताए । 


मेला भर्नको लागि छिमेकी गाउँहरुबाट हजारौँको सँख्यामा सर्वसाधारणहरु आउने गरिन्छ । विगत ५० औँ वर्षदेखि लाग्दै आएको माचिको महालक्ष्मी मेलाको लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले  जनाएको छ । 
 


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

शहिदनगरका शिक्षा सँयोजक यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा

  • २०७५ कार्तिक २१ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । शहिदनगरका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा गरिएको छ ।  शहिदनगर नगरपालिकामा शिक्षा शाखा प्रमुखको पदमा बसेर गैर कानुनी कार्यहरु गरेको भन्दै विभिन्न राजनीतिक दलले

पूरा पढ्नुहोस्

Bureau Menus