धनुषामा सार्वजनिक रुपमै लेखापरिक्षण

२०७५ कार्तिक २० मंगलबार
बिहान ०९:११ बजे
विनय कुमार यादव

 

विनय कुमार यादव , धनुषा । पर्व तिहार तथा छठको उपलक्ष्यमा धनुषाको मावि प्रीतपुरले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

 


धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ पर्वताको सामुदायिक  माध्यमिक विधालय प्रीतपुर पर्बता समाजिक लेखा परिक्षण तथा दिपावली एव छ्ठपर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो । 


विद्यालय ब्यबस्थापन समिती सदस्य शुशिला देवि सिंहको अध्यक्षता एवम् नगर प्रमुख बालेश्वर मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भएको शुभकामना आदान प्रदान कार्यक्रममा  मण्डलले नगरभित्रमै सार्वजनिक रुपमा लेखापरिक्षण गरिएको भन्दै खुसी व्यक्त गरे । 


नगरपालिकाको समुदायिक विद्यालयहरुलाई विशेष सहयोगको प्याकेज उपलब्ध गराउने प्रतिबद्धता जाहिर  जाहेर गर्दै मेयर मण्डलले  बिधालयमा  कुनै किसिमको लापरबाही नगर्न  आग्रह समेत गरे भने कुनै प्रकारको अपच गुनासो आएको खण्डमा कारवाही समेत गर्ने बताए । 

 


सो कार्यक्रममा विद्यालयका शिक्षक महेन्द्र महतो,  ग्रीन मिथिला युबा क्वलका अध्यक्ष सुर्यदेब महतो,  अभिबाबक उदय महतो,  सोमबर दाहाले  शुभकामना मनतव्य राखेका थिए । 


लेखा परिक्षण ७४÷७५ को आ. व्यय  विद्यालयका प्रधानाध्यापक जागेश्वर प्रसाद साहले सार्वजनिक गरेका थिए । प्रत्येक वर्ष सार्वजनिककरण गर्ने  प्रतिबद्धता समेत गरे ।


कार्यक्रमको बिशिस्ट अतिथी नपा वडा नं. ५ का वडाध्यक्षले जनाएका थिए भने सो कार्यक्रममा व्यवस्थापन समिती अध्यक्ष इन्द्र कुमार महतो सुशील यादव,  पुर्व व्यवस्थापनअध्यक्ष जोग कुमार महतो,   नागेन्द्र सिह,  साना किसान प्रबन्धक चन्द्र किशोर प्रसाद सिंह,  उदय महतो, ग्रीन युबा कल्ब अध्यक्ष सुर्यदेब महतो, लगायत शिक्षक शिक्षिका अभिभावकहरु सहित  युवा, राजनीतिक दलका प्रतिनीधिहरुको उपस्थिति रहेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

शहिदनगरका शिक्षा सँयोजक यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा

  • २०७५ कार्तिक २० मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । शहिदनगरका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा गरिएको छ ।  शहिदनगर नगरपालिकामा शिक्षा शाखा प्रमुखको पदमा बसेर गैर कानुनी कार्यहरु गरेको भन्दै विभिन्न राजनीतिक दलले

पूरा पढ्नुहोस्

Bureau Menus