नगरलाई स्वस्थ्य राख्नुपर्छ : नेता अरगरिया

२०७५ कार्तिक १० शनिबार
बिहान १०:१२ बजे
न्यूज ब्यूरो, डेस्क

 

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधिसभा सदस्य उमा शंकर अरगरियाले नगरलाई स्वस्थ्यता प्रदान गर्नुपर्ने बताएका छन् ।

 

 

शुक्रबार धनुषाको शहिदनगर नगरपालिकाको मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको नगरस्तरीय अधिवेशनको उद्घाटन गर्दै नेता अरगरियाले नगर विकासको लागि नगरको सर्वसाधारणलाई स्वस्थ्य रहनु आवश्यक रहेको र यसको लागि सबै सेवा सुविधा समयमा उपलब्ध गराउनुपर्ने बताए । 


स्वास्थ्यकर्मी फोरमका धनुषा जिल्ला अध्यक्ष मनोज कुमार महतो अध्यक्षता एवम् संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक तथा केन्द्रीय सदस्य समेत रहेका नेता अरगरियाले पार्टीको भातृ संगठनको रुपमा रहेको मधेसी स्वास्थ्यकर्मी फोरमलाई जन चाहना बमोजिम स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरे । 

 

कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सभा सदस्य माननीय राम अशिष यादव , प्रदेश सभा सदस्य माननीय शैलेन्द्र कुमार यादव मधेसी स्वास्थ्यकर्मी फोरम केन्द्रिय उपाध्यक्ष एवं प्रदेश नं. २ का संयोजक जय कुमार गोइत केन्द्रिय उपाध्यक्ष आयुर्वेद तर्फ राम छबिला यादव केन्द्रिय सचीव बिनोद यादव केन्द्रिय सदस्य गंगा प्रसाद बिरला केन्द्रिय सदस्य बेचन यादव जिल्ला सह कोषाध्यक्ष बिरेन्द्र चौधरी एवं संघीय समाजवादी फोरम नेपाल जिल्ला स्तरीय नेता  दिनेश यादव , मो.अबदुल शेख , बिनोद रोहिता , शत्रुधन पासमान , देबेन्द्र खिरहर , वडा नं. ३ को वडा अध्यक्ष नागेन्द्र मण्डल , वडा नं. ७ को वडा अध्यक्ष मनोज कुमार साह  लगायत का नेताकार्यकर्ता हरुको उपस्थिति रहेको थियो । 

 


 नगर अधिवेशनको उदघाटन सत्र योग भवन आयुर्वेद औषधालय यदुकोहामा आयोजक मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल जिल्ला कार्यसमिति धनुषाको आयोजनामा  सम्पन्न भएको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहामा दारु तस्करीको मुख्य भिल्लेन बिओपीका सशस्त्र प्रहरी, पेलिए मात्र नेपाल प्रहरी

  • २०७५ कार्तिक १० शनिबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको माडर नाकाबाट भईरहेको व्यापक दारु तस्करीमा बिओपीको मिलोमत्तो हुँदै आएको छ । सीमा सुरक्षामा खटिएका र तस्करी रोक्न मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी र सीमानाकामा

पूरा पढ्नुहोस्

Bureau Menus