मण्डल सेवा आश्रमद्धारा पनि शहिद कामेश्वर कुशेश्वरको स्मृति दिवस मनाइयो 

२०७५ असोज २ मंगलबार
बिहान १०:१९ बजे


न्यूज ब्यूरो, धनुषा । विद्यार्थी आन्दोलनका शहिद कामेश्वर कुशेश्वको ४६ औँ स्मृति दिवस मनाइएको छ । धनुषाको यदुकूहामा वि.स. २०२९ साल असोज १ गतेका दिन प्रहरीको गोली लागेर कामेश्वर कुशेश्वर शहिद भएका थिए ।

 

शहिदद्धयको स्मृतिमा धनुषाको हडवारामा समेत उनको शालिकमा माल्यार्पण गरी मण्डल सेवा आश्रमले स्मृति दिवस मनाएका छन । सोमबार शहिदनगर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष राम एकवाल मण्डलको अगुवाईमा स्मृति दिवस मनाइएको हो । 

 

कामेश्वर कुशेश्वरको बलिदानको बारेमा प्रकाश पार्दै अध्यक्ष मण्डलले शहिदप्रति श्रद्धाञ्जली अर्पण गरे । स्मृति कार्यक्रममा स्थानीय तह चुनावमा उक्त वडाका अध्यक्ष प्रत्यासी उमेश निराला सहित संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरको गँगासागर र धनुषसागर पोखरीको 'हेरिटेज एरिया' खाली गराइने, कहाँ जाला व्यापारीहरु ?

  • २०७५ असोज २ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको  ऐतिहासिक एवं धार्मिक पवित्र गंगासागर र धनुषसागरको ‘हेरिटेज एरिया’ खाली गराइने भएको छ । साना व्यवसायीहरुले थापेको पसललाई अन्यत्र सारेर गंगासागर र धनुषसागर क्षेत्रलाई खाली गराउने

पूरा पढ्नुहोस्

Bureau Menus