मधेसकै पहिलो कर मुक्त नगरपालिका, जहाँ सबै सेवा निःशुल्क

उनले भने, खाना खान नपुगेको जनताले कसरी कर तिर्नुपर्छ भने सोचले धेरै नै सताएको थियो त्यो मैले कर मुक्त नै बनाए ।

२०७५ भदौ ४ सोमबार
बिहान ०९:२० बजे
न्यूज ब्यूरो, मेनडेस्क


न्यूज ब्यूरो |
रौतहट, ४ भदौ ।
 संघीय सरकारको निर्णय अनुसार स्थानीय तहको करको चपेटामा परेर सर्वसाधारण आम जनताहरुमा खलबली मच्चेको बेला प्रदेश नं. २ मा एक नगरपालिकाले सराहनीय कार्य गरेको छ । 

 


प्रदेश नं. २ को प्रथम रौतहटको क्षेत्र नं २ परोहा नगरपालिकामा आफ्नो नगरपालिका भित्रका सम्पूर्ण जनताबाट शुल्क हुने विभिन्न करहरू निःशुल्क गरेको छ । देशमै स्थानीय तहमा करको भारले हाट भाँच्ने जस्ता प्रतिक्रिया आईरहँदा परोहा नगरपालिकाले गरेको कार्यलाई जनताहरुले स्वागत गरेका छन् ।

 

जन्मदर्ता, विवाहदर्ता, सम्बन्ध विच्छेदको सिफारिसको लागि ३५ दिन भित्र कार्य नगराएको खण्डमा रु. ५० जरिवाना तोकिएको छ भने अन्य शिर्षकहरुमा सबै सेवा निःशुल्क गरिएको हो । नगरका मेयर शेख वकीलले जनतालाई भार होईन जनतालाई सहजता प्रदान गर्ने र स्थानीय सरकारको अनुभूति सहजरुपले होस भन्ने उदेश्यले करको भारबाट मुक्ति दिएको बताएका छन् ।


उनले भने, खाना खान नपुगेको जनताले कसरी कर तिर्नुपर्छ  भने सोचले धेरै नै सताएको थियो त्यो मैले कर मुक्त नै बनाए ।

 

नेपाल सरकारले केही दिनअघि जनताले सहन नसकेको कर तिर्नुपर्ने नियम लागू गरेको सुचनाले देशभरिका जनताले करको ठूलो दरले पुरै तनावपूर्ण जीवन बिताउन थालेका छन ।

 

सो करबाट मुक्त बनाउन आफुले कुनै शुल्क नलिने भने आज देखि कर निस्शुल्क नगरपालिका बनाएको मेयर वकिलले बताए । चुनावको वेला आत्मविश्वास गरि जुन सुविधा सम्पन्न नगर बनाउन जिम्मेवारी दिनुभएको जनताको लागि नगरपालिकाबाट हुने सम्पूर्ण सेवा सुबिधा २४ घण्टा सहज तरिकाले यहाँहरूलाई प्रदान गरिरहेको बताए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus