अलविदा ! "अटल विहारी बाजपेयी" - रहेनन भारत रत्न !

२०७५ श्रावण ३१ बिहीबार
बेलुकी ७:१७ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो
भारत, ३१ असार ।
भारतको राजनीतिमा दिग्गज एवम् प्रेरक मानिएका भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ ।


लामो समयदेखि बिरामी रहेका ९३ वर्षीय वाजपेयी जुनमा नै नयाँदिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्समा भर्ना भएका थिए । किड्नीमा संक्रमण र अन्य स्वास्थ्यसम्बन्धी समस्याका कारण उनी अस्पताल भर्ना भएका थिए ।

 


भारत रत्नबाट सम्मानित वाजपेयी तीन पटक भारतका प्रधानमन्त्री भए ।  सन् १९९६ मा १३ दिन, १९९८ १९९९ र अन्तिम पटक १९९९ देखि २००४ सम्म प्रधानमन्त्री रहे । उन कवि र समावेशी राजनीतिका पर्याय पनि हुन् ।

 

भारतको राजनीतिमा स्वर्गीय नेता बाजपेयीलाई प्रेरणाको स्रोत मानिएको छ । बाजपेयीको निधनसँगै भारतीय राष्ट्रपति रामनाथ कोविंद, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका वरिष्ठ नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

 

समाजिक सञ्जाल टवीटर मार्फत उनीहरुले श्रद्धाञ्जली दिएका हुन । यसका साथै, बाजपेयीको शव यात्रा भने शुक्रवार दिउँसो सवा १ बजे निकालिने निर्णय गरिएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०७५ श्रावण ३१ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus