धनुषामा गोली हानी एक युवकको हत्या  !

२०७५ श्रावण १८ शुक्रबार
बेलुकी ६:३५ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, १८ साउन ।
पूर्वी धनुषामा गोली हानी एक युवकको हत्या गरिएको छ । 

 

धनुषाको जनकनन्दनी गाउँपालिका वडा नं. १ ईनरुवा टोल रेल्वे स्टेशन हल्ट नजिकै आज विहान करिब १ बजेको समयमा एक युवकलाई गोली हानी हत्या गरिएको हो । 

 

हत्या हुनेमा कमला नगरपालिका वडा नं. ८ सोनापारा बस्ने बर्ष २५ का राजेश यादव रहेको ईलाका प्रहरी कार्यालय खजुरीका ईन्चार्ज एवम् प्रहरी नीरिक्षक शेशराज थन्दारले न्यूज ब्यूरोलाई जानकारी दिए । 

 

यादवलाई अज्ञात समूहले राती नै गोली हानी हत्या गरेको जनाइएको छ । घटनास्थलबाट ज ५ प ६३२१ नम्बरको मोटरसाईकल बरामद भएको छ भने एक पेस्तोल सहित ३ राउण्ड गोलीको खोका समेत बरामद गरेको हो । 

 

घटना राती नै भएपनि स्थानीयहरुले पौने ७ बजे विहान मात्र जानकारी गराएपछि प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको बताइएको छ । घटनास्थल  खजुरी ईलाका प्रहरी चौकी देखि केही किलोमिटरको दुरीमा मात्र रहेको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०७५ श्रावण १८ शुक्रबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus