जनकपुरको होस्टल काण्ड : मृतक छात्रको लास नजिकै भेटियो यस्तो कागज !

मृतक धीरेन्द्र साहको घटना पूर्वको केही जानकारी !

२०७५ जेठ ६ आइतबार
दिउसो १२:०७ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, ६ जेठ ।
जनकपुरको मिथिला मन्टेश्वरी स्कूलमा अध्ययनरत एक छात्रको रहस्यी मृत्यू भएपछि प्रहरी छानबिन तीव्र पारेका छन् ।

 

स्कूलकै होस्टेलमा झुण्डिरहेको अवस्थामा जनकपुर उपमहानगरपालिका वडा नं. १५ बस्ने रुपनारायण साहका १८ बर्षिय छोरा धीरेन्द्र साहको शव फेला परेको हो ।

 

साहसँगै बस्दै आएका साथीहरु तथा उनका काका का छोराले झुण्डिरहेको अवस्थामा देखेपछि विद्यालय प्रशासनलाई खवर गरेपछि प्रहरी पुगेको थियो ।

शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।

 

यता, जिल्ला प्रहरी कार्यालय धनुषाबाट अनुसन्धानको लागि खटिगएको टोलीले मृतक साहद्धारा हस्ताक्षरित सुसाईड नोट फेला पारेका छन् ।

 

सुसाईट नोटमा  "I am Going To Die, There Is No one have any kind of Reason. Its Myself Personal Problem, Please Do not think that i am dying For Girl."  लेखिएको छ । अर्थात् , "म मर्न जाँदै छु, यसको लागि कुनै कारण छैन, यो मेरो व्यक्तिगत मुद्दा हो । फेरी यो नसोच्नु की म कुनै केटीको लागि मरिरहेको छु ।" 

 

 

यद्यपि प्रहरीले यो लेखाई, अक्षरको ढाँचा वास्तवमै धीरेन्द्रले आफैँ लेखेको हो होईन बारे यकिन हुन सकेको छैन । हस्तलेखन र अक्षर पहिचानको लागि उक्त नोट उपर गहन अनुसन्धान थालिएको छ । 

 


मृतक धीरेन्द्र साहको घटना पूर्वको केही जानकारी 

 

जनकपुर उपमहानगरपालिका वडा नं. १५ बस्ने धीरेन्द्र साह कक्षा १० मा मिथिला मन्टेश्वरी स्कूलमा पढदै आएका थिए । जनकपुरमै करिब २ किलोमिटरकै दुरीमा घर भएपनि उनी होस्टेलमा बस्दै आएका थिए । 

 

विद्यालयको त्यो होस्टेल कम र होटल ज्यादै देखिन्छ । कुनै पनि सुरक्षा, व्यवस्था, सुविधा नभएको त्यस होस्टेलमा धीरेन्द्र काका को छोरासँगै अन्य साथीहरुसँग बस्दै आएका थिए । 

 

३ / ४ दिन अघि मात्र धीरेन्द्रको कुलत र चालचलनको बारेमा विद्यालय प्रशासनले उनका अभिभावकलाई जानकारी गराएर विद्यालयमै बोलाए । धीरेन्द्रलाई कुलत त्यागको लागि विद्यालय प्रशासन सहित अभिभावकले समेत गाली गरेको बुझिएको छ । त्यसपछि पनी समान्य रहेका धीरेन्द्र गएराती होस्टेल प्रशासनलाई जानकारी नदिइकनै बाहिर गएको खुल्न आएको छ ।

 

बिना जानकारीको बाहिर गएका धीरेन्द्र अबेर राती होस्टेल पुगेपछि मेसमा खानाको अभाव थियो । खाना फेरी पनि पकाएर धीरेन्द्रले खाना खाएको बताइन्छ । विना जानकारीको बाहिर गएको तथा राती अबेर गरी होस्टेलमा आएकोले होस्टेल प्रशासनले समान्य यातना दिएको बुझिएको छ । 

 

अबेर राती सुतेका धीरेन्द्र विहान उठ्दा उनका साथीहरुले धीरेन्द्रलाई झुण्डिएको देखेपछि प्रशासनलाई खबर गरेको थियो र धीरेन्द्रका आमाबुवालाई समेत जानकारी गराइएको थियो । 

अञ्चल अस्पतालको पोष्टमार्टम रिपोर्ट आएपछि मात्र घटनाको थप जानकारी आउने प्रहरीले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

  • २०७५ जेठ ६ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । दुई साता अघि मात्र पेट्रोलको मूल्य बढाएको नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनले तोकेको नयाँ खरिद मूल्यअनुसार

पूरा पढ्नुहोस्

Bureau Menus