जनकपुर : स्कूल होस्टेलमै मृत फेला परे विद्यार्थी, हत्याको आशंका !

धनुषाको नीजि विद्यालयहरुमा शोक विदा !

२०७५ जेठ ६ आइतबार
बिहान ०८:०५ बजे
न्यूज ब्यूरो, डेस्क


रोशन यादव |
जनकपुरधाम, ६ जेठ ।
जनकपुरमा होस्टेलको कोठामै एक छात्रको लास भेटिएको छ ।


 
जनकपुर उपमहानगरपालिका वडा नं. २ भानुचोकमा रहेको मिथिला मन्टेश्वरी आवासीय विद्यालयमा अध्ययनरत एक छात्रको लास कोठामै झुण्डिरहेको अवस्थामा फेला परेको हो । 

 

 

जनकपुर उपमहानगरपालिका वडा नं. १५ रामपुर बस्ने रुपनारायण साहका १८ वर्षिय छोरा धीरेन्द्र कुमार साह स्कूलको होस्टेल कोठामै झुण्डिरहेको अवस्थामा हेर्दा विद्यार्थीहरुले प्रशासनलाई जानकारी गराएको थियो । 

 

कक्षा १० मा अध्ययनरत साहलाई हत्या गरी झुण्डाएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । 

 

 

यता, जिल्ला प्रहरी कार्यालय धनुषाले घटनास्थलबाट केही महत्वपूर्ण कागजातहरु समेत फेला पारेको तथा हत्या वा आत्महत्या बारे पोष्टमार्टमको रिपोर्टपछि मात्र बताउन सकिने बताए । 

 

साह होस्टेलको कोठामै डोरीमा झयाल नजिकै झुण्डिरहेको अवस्था देखिएपछि विद्यालय प्रशासनलाई जानकारी गराइएको थियो । 

 

 

सुरुमा घटनालाई दबाउन खोजिएपनि साहसँग बस्ने विद्यार्थीहरुले साहको परिवारलाई जानकारी गराएपछि एका विहानै होस्टेल पुगेर रोई कराई गरेपछि घटना सार्वजनिक भएको हो । 

 

घटनाको प्रारम्भिक प्रकृति अनुसार साहको मृत्यू रहस्यम रहेको छ । 

 

मृतक साहको शवलाई जनकपुर अञ्चल अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । भने घटनाको बारेमा अनुसन्धान कडा पारिएको छ । 

 


धनुषाको नीजि विद्यालयहरुमा शोक विदा

नीजि विद्यालय मिथिला मन्टेश्वरी स्कूलमा विद्यार्थीको रहस्मय मृत्यू भएपछि प्याबसन धनुषा, एनप्याबसन धनुषा र मधेस प्याबसन धनुषाले एक दिने शोक विदा घोषणा गरेको छ । 

 

नीजि विद्यालयहरुको छाता सँगठन प्याबसन, एनप्याबसन र मधेस प्याबसन ले छात्र मृत्यूलाई मध्यनजर गर्दै आबद्ध विद्यालयहरुमा शोक विदाको घोषणा गरेको हो । 


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

राज्यमन्त्री यादवलाई डा. राउतको करारा जवाफ 

  • २०७५ जेठ ६ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भूमि सुधार तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले करारा जवाफ दिएका छन् ।  देशको राजधानी काठमान्डौँमा उखुँ किसानहरुले

पूरा पढ्नुहोस्

Bureau Menus