मैथिली फिल्म "नसिबक खेल" को शुभमुहुर्त जनकपुरमा

२०७५ जेठ २ बुधबार
रति १०:०४ बजे
न्यूज ब्यूरो, डेस्क


 कुलदिप दास |
जनकपुरधाम, २ जेठ ।
 वीरेन्द्र मल्टि भिजन मूभिज प्रा।लिको ब्यानरमा निर्माण हुन लागेको मैथिली फिल्म नशिवक खेलको जनकपुरधाममा शुभमुहुर्त गरिएको छ । 


बुधबार कार्यालयमै पुजापाठ गरी एक समारोहका बीच वरिष्ठ पत्रकार एवं स्वतन्त्रता सेनानी राजेश्वर नेपालीले फिल्मको शुभमुहुर्त गरेका छन् । 


वीरेन्द्र कबीरपंथीले निर्देशन गर्न लागेको फिल्ममा दाईजो,छुवाछुत,गरीबि र शोषन विरुद्ध अभियान चलाइने बताईएको छ ।


 चलचित्रले भाषा र संस्कृतिलाई उजागर गर्ने विश्वास लिएको समेत निर्देशक कबीरपंथीले बताए । 


उनले भने–“भाषा र संस्कृति बचाउ,आफ्नो राष्ट्रलाई स्वर्ग बनाउ” भन्ने मुल उद्देश्यका साथ हामी यो चलचित्र निर्माण गर्न गईरहेका छौं । यसले पक्कैपनि समाजमा सकारात्मक संदेश दिने दाबी समेत गरे । 


कार्यक्रममा कलाकार कमल मण्डल,लेखक रमेश मैथिल,प्राध्यापक भोला यादव,शिव कुमार यादव,श्रवण कुमार अधिकारी,डा.आशा सिन्हा लगायतकाले चलचित्रको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।


 निर्देशक कबीरपंथीले यसअघि दर्जनौं सफल फिल्म र सांगीतिक भिडियोहरु निर्देशन गरिसकेका छन ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus