नेपालमा ठगी मुद्दाका आरोपित कुशवाहा मलेसियाबाट पक्राउ

२०८२ मङ्सिर २ सोमबार
रति ८:११ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक व्यक्ति मलेसियाको क्वालालाम्पुरबाट पक्राउ परेका छन्।

रौतहटको कटहरिया नगरपालिका–१ ठेगाना भएका आकाश प्रसाद कुशवाहालाई एनसीबी क्वालालम्पुरको समन्वयमा मलेसियामा पक्राउ परेका हुन्। उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्नेरगराउने प्रयोजनार्थ शनिबार नेपाल फिर्ता ल्याइएको छ।

उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० मंसिर २१ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो।

उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटि आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

साउदी अरेबियालाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • २०८२ मङ्सिर २ सोमबार

न्यूज ब्युरो, जनकपुरधाम । नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको क्लाङस्थित बायोमास क्रिकेट ओभलमा आइतबार भएको खेलमा नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै अन्तिम

पूरा पढ्नुहोस्

Bureau Menus