सप्तरीमा गोली हानी मन्दिरका पुजारीको हत्या

२०८२ कार्तिक ३ आइतबार
बिहान ०९:०३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, राजविराज ।  सप्तरीको बोदेबर्साईन नगरपालिका–८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको अज्ञात समूहले गोली हानी हत्या गरेको छ।

मृतकको परिचय सोही ठाउँका ७० वर्षीय रामदुलार साहका रूपमा खुलेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। विगत लामो समयदेखि मन्दिरमा सेवा गर्दै आएका पुजारी साह मन्दिर नजिकैको आफ्नो कुटीमा एक्लै बस्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार शनिबार राति करिब २ः१५ बजे साह कुटी अगाडिको बाटोमा केही समय हिँड्दै गर्दा अज्ञात व्यक्तिले गोली चलाएको थियो।

“ढाडको पछाडिबाट गोली प्रहार हुँदा नाइटोको वरिपरि प्वाल बनेको र घटनास्थलमै मृत्यु भएको छ,” एसपी केसीले जानकारी दिनुभयो।

घटनास्थलबाट दुई थान गोलीको खोका फेला परेको प्रहरीले जनाएको छ। गोली चलाउने व्यक्ति तत्काल फरार रहेका र उनको पहिचान नखुलेको प्रहरीले जनाएको छ।

नेपाल–भारत सीमा नजिकै घटना भएकोले सिमावर्ती क्षेत्रहरूमा चेकजाँच कडा पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान सुरु गरिएको छ।

स्थानीयवासीले धार्मिक व्यक्तिमाथि भएको यस्तो घटना दुखद र चिन्ताजनक रहेको भन्दै अपराधीलाई चाँडो पक्राउ गर्न माग गरेका छन्। पुजारी साह लामो समयदेखि कबिर बाबा मन्दिरमा पुजापाठ गर्दै समुदायको श्रद्धाको केन्द्र बनेका थिए।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 28%
  • 72%

रहेनन जनकपुरका चर्चित साहित्यकार एवम् शिक्षाविद् 'डा. राजेन्द्र बिमल'

  • २०८२ कार्तिक ३ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामका चर्चित साहित्यकार, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्र प्रसाद विमलको निधन भएको छ । डा. विमलको सोमबार राति १२ः३० देखि १२ः४५ बजेको बीचमा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको

पूरा पढ्नुहोस्

Bureau Menus