प्रदेश लोकसेवा आयोगमा आगो लगाउने, प्रहरीको हतियार लुटने दुई युवक पक्राउ

२०८२ भदौ ३० सोमबार
दिउसो ४:५७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम | धनुषाको जनकपुर उपमहानगरपालिका–९ मा रहेको मधेश प्रदेश लोकसेवा आयोगको कार्यालयमा गत २४ भदौ बेलुकी भएको तोडफोड र आगजनीमा लुटिएको प्रहरीले भनिएको राइफल बरामद गरिएको छ।

‘Gen Z’ आन्दोलनमा सहभागी करिब ५०–६० जनाको समूहले २४ भदौ बेलुकी करिब ७ बजे कार्यालयमा प्रवेश गरी चारपाङ्ग्रे गाडी, मोटरसाइकल, सीसीटीभी क्यामेरा र अन्य सामग्रीमा तोडफोड तथा आगजनी गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सुरक्षार्थ खटिएका नेपाल प्रहरीबाट SLR राइफल १ थान र करिब ५० राउन्ड गोली पनि लुटिएको थियो।

घटनापछि विभिन्न स्थानका सीसीटीभी फुटेज विश्लेषण गर्दै खोजतलास गर्दा ३० भदौ बिहान करिब ११ बजे जनकपुर–९ बस्ने ३७ वर्षीय मनिष कुमार अधिकारी र २१ वर्षीय सन्तोष कुमार यादवको साथबाट लुटिएको राइफल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

  • 14%
  • 7%
  • 7%
  • 7%
  • 21%
  • 7%

महिला एसिया कप जितेपछि भारतले मोहसिन नक्वीबाट ट्रफी लिन मानेन

  • २०८२ भदौ ३० सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । भारतीय महिला क्रिकेट टोलीले श्रीलंकालाई ७२ रनले पराजित गर्दै महिला एसिया कपको उपाधि जिते पनि उपाधिको ट्रफी भने एसियन क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष मोहसिन नक्वीबाट ग्रहण

पूरा पढ्नुहोस्

Bureau Menus