तीन किशोरीलाई बेच्न लग्दै गर्दा बोर्डरबाट तीन युवक पक्राउ, किशोरीहरुको उद्धार 

२०८२ श्रावण ३० बिहीबार
बिहान ०७:४५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, २९ साउन ।  पश्चिमी चम्पारणका तीन जना मानव तस्करको चंगुलबाट एक नाबालिग हिन्दू किशोरीलाई सुरक्षाकर्मी र स्वयंसेवी संस्थाको संयुक्त पहलमा सुरक्षित उद्धार गरिएको छ।

सूत्रका अनुसार, मानव बेचबिखन विरोधी इकाई (AHTU) र सशस्त्र सीमा बल (SSB) का टोलीले प्रयास जुभेनाइल एड सेन्टर, पूर्वी चम्पारण तथा स्वच्छ रक्सौल, बिहार (एनजीओ)सँगको समन्वयमा रक्सौल क्षेत्रमा खोजतलास अभियान चलाएका थिए। उक्त क्रममा मैत्री पुल नजिक भारतबाट नेपालतर्फ जाँदै गरेका पश्चिमी चम्पारणका मोहम्मद फरहान, मोहम्मद राजा आलम र मोहम्मद नजरे आलमलाई एक नाबालिग किशोरीसहित नियन्त्रणमा लिइयो।

छानबिनमा तीनै जना मुस्लिम समुदायका रहेको र किशोरी हिन्दू समुदायकी भएको खुलेको छ। केही दिनअघि फरहानले सामाजिक सञ्जालमार्फत किशोरीसँग मित्रता गाँसेर विवाहको प्रलोभनमा पार्दै पोखरा हुँदै देहरादून लैजाने योजना बनाएका थिए। उनीहरू पहिले किशोरीलाई हाजीपुरबाट रक्सौल ल्याई वीरगञ्जस्थित साथीको होटलमा राखेर पछि भारत लैजाने तयारीमा थिए।

किशोरीको परिवारले उनको बेपत्ता भएको उजुरी रामकृष्ण नगर प्रहरी चौकी, पटना, बिहारमा दर्ता गराएका थिए। उद्धारपछि किशोरीलाई परिवारसँग पुनः मिलाउन तथा अभियुक्तहरूमाथि कानुनी कारबाही अघि बढाउन तीनै जना तस्कर र पीडितलाई हरैया प्रहरी चौकी, पूर्वी चम्पारण, बिहारलाई जिम्मा दिइएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 33%

Autonomy vs Accountability: Rethinking the Role of Financial System Regulators

  • २०८२ श्रावण ३० बिहीबार
  • Anuja Das

Anuja Das | In every country, financial regulators plays important role in keeping the economy safe and stable. Financial regulators are responsible to ensure banks follow the rules, manage risks,

पूरा पढ्नुहोस्

Bureau Menus