शान्ति सदाको 'छठी मैयाके रे महिमा' सार्वजानिक

गीतमा मैथिलमय भाव, शब्द सृजना र मौलिकात रहेकोले यस गीतले मधेशी समुदायमा दिगो प्रभाव पार्न सक्ने विश्वास गरिएको छ ।

२०७६ कार्तिक १५ शुक्रबार
बेलुकी ७:११ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । सिंगिङ रियालिटी शो द भोईस अफ नेपालबाट चर्चामा आएकी शान्ति सदाको स्वरमा सजिएको पारम्पारिक ‘छठी मैयाके रे महिमा’ गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ ।

 

सवरी संकल्प समाज गोलबजार सिरहाको सहयोग तथा सुर्यनारायाण सिंहद्धारा रचित ‘छठी मैयाके महिमा अगम अपार’ बोल रहेको गीतको म्युजिक भिडियोलाई शान्ति सदा र गुरुशरण सदाको अफिसियल युट्युब मार्फत् शुक्रबार सार्वजानिक गरिएको हो । गीतको म्युजिक भिडियोमा आदित्य ठकुरीको निर्देशन तथा संगिता श्रेष्ठको सहनिर्देशन रहेको छ भने संगीत संयोजन पारस मणीले गरेका हुन् ।

 

गीतका रचियताकार सुर्यनारायण सिंहले ‘छठी मैयाको महिमा अगम अपार र मैयाको महिमा’ अर्थात शक्तिलाई दुनिया संसारले बुझेको शब्द मार्फत् चित्रण गरेका छन् । उक्त गीतले छठी मैयाको चित्रण गरेको उनले बताए । गोलबजारकी शान्ति सदाले स्वरबद्ध गरेका यस गीतमा उनै गीतको म्युजिक भिडियोमा पनि देखा परेका छिन् ।

 

 

छठी मैया सम्बन्धि पहिलो पारम्पारिक गीतलाई बजारमा ल्याएको अवगत गराउँदै उनले यसै गीत मार्फत् पनि आफ्ना सम्पूर्ण छठी मैयाका श्रद्धालुहरु प्रति भक्तिमय शुभकामना समेत ब्यक्त गरिन् । गीतमा मैथिलमय भाव, शब्द सृजना र मौलिकात रहेकोले यस गीतले मधेशी समुदायमा दिगो प्रभाव पार्न सक्ने विश्वास गरिएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा 

  • २०७६ कार्तिक १५ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । दक्षिणी धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा दिएको छ ।  नगराईन नगरपालिकाका नगर प्रमुख विनय कुमार यादवले एक सूचना जारी गर्दै भोली सोमबार माघ ८ गते एक

पूरा पढ्नुहोस्

Bureau Menus