धनुषामा समुन्द्री माछा फेला, हेर्नेको भीड

अधिकांशले समुन्द्री ह्वेल माछा रहेको दावी गरिएको छ भने अनोठौ रुप रहेकोले हेर्नेको भिड् लागेको छ ।

२०७६ असोज १३ सोमबार
बिहान ११:४७ बजे
न्यूज ब्यूरो | डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  प्रदेश नं. २ को धनुषाको सत्तोषरमा समुन्द्री माछा फेला परेको छ । 

 

धनुषाको सबैला नगरपालिका वडा नम्बर नं. ९ सतोषरमा सोमबार विहान समुन्द्री माछा फेला परेको हो । करिब १३ केजी तौल भएको उक्त माछा शाखा नहरमा माछा मार्न जाँदा गाउंलेहरुले सो माछा फेला पारेको हो । जिउँदो अवस्थामा सुरक्षित राखिएको उक्त माछा हेर्न गाउं वरिपरिका सर्वसाधारणहरुको भिड् लागेको छ । धनुषाको   सतोसर  सडकदेखि एक किलो मिटर पश्चिममा रहेको सो गाउंको नहरमा उक्त माछा फेला परेको हो ।


अधिकांशले समुन्द्री ह्वेल माछा रहेको दावी गरिएको छ भने अनोठौ रुप रहेकोले हेर्नेको भिड् लागेको छ । माछाको स्वरुप हेर्दा समुन्द्री माछा क्याटफिस भएको हुन सक्ने अनुमान गरिएको छ । हालाकी त्यो माछाको यथार्थ नाम भने पुष्टि हुन सकेको छैन । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मिर्चैयामा भूमिहीन दलित तथा सुकुम्बासीलाई मेयर यादवले बाँडे निस्सा

  • २०७६ असोज १३ सोमबार

न्यूज ब्यूरो, सिरहा ।  मिर्चैया नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाइ निस्सा वितरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख श्रवण कुमार यादवे वडा नं ९ का ९५ जना भूमिहीन

पूरा पढ्नुहोस्

Bureau Menus