मधेशकी 'शान्ती सदा' जसले झिझियाको गीत गाएर भाइरल बनिन् (भिडियो सहित)

घुम्टो प्रथालाई चुनौति दिदै उनले आफ्नी बुहारी शान्तीलाई छोरीभन्दा पनि माया गरेर यहाँसम्म पुरयाएको बताइन् । 

२०७६ भदौ ८ आइतबार
बिहान १०:४३ बजे
न्यूज ब्यूरो | डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । अल्पसँख्यक र दलित समुदायबाट नेपालको ठुलो रियलिटी शो "द भ्वाइस अफ नेपाल" मा सिरहाकी शान्ती सदाले सबैको मन मोहिन । 


सिरहा गोलबजार (डोहटिय) की सदाले अन्तराष्ट्रिय स्तरको लोकप्रिय कार्यक्रम 'द भ्वाईस अफ नेपाल' कार्यक्रममा आफनो मात्रृभाषा अर्थात नेपालमा बोलिने दोस्रो भाषा मानिने ठेठ मैथिली भाषाका लोक गीत मार्फत आफनो पहिचान दर्साउन सफल भएकी छिन् । शान्ती सदाले मँचमा दिएको प्रस्तुतिले जजिष्टहरु निकै प्रभावित भएका थिए । 


मँचमा जानु अघि सदाले आफ्नो समुदायबाट अहिलेसम्म यस्तो शो मा कोही पनि नआएको बताउँदै आफू आउँदा डर र खुसी पनि उत्तिकै लागेको बताइन् । मँचमा झिझियाको गीत गाएर जजिष्ट तथा दर्शकको मन मोहेकी शान्तीले ससुरा पक्षले गरेको सहयोगको सराहना गरिन् । अहिले पनि मधेशी समुदायमा एकाधलाई बाहेक आफ्नी बुहारीलाई स्कूल पठाउने नगण्य नै होला, तर शान्तीकी सासूआमाले उनलाई टाई बेल्ट लगाएर विद्यालय सम्म पुरयाएको सुनाएपछि दर्शकहरु भावुक भएका थिए । सो क्रममा जजिष्टहरुले समेत भावुक बनेको देखियो । 

 

द भ्वाइस अफ नेपालमा शान्ति सदा

 

हिमालियन टिभीबाट प्रसारण हुने द भ्वइस अफ नेपालको मँचसम्म पुग्नु शान्ती सदाको लागी त्यतिको सहज थिएनन, तर सहज बनायो उनका घर परिवारले, ससुरा पक्षले । आफ्नै आमाभन्दा पनि माया गर्ने उनकी सासूआमाको सहयोगको बारेमा सुनाउँदा निर्णायक मण्डल र दर्शकहरु समेत चकित भएको थियो । घुँम्टो भन्दा बाहिर निस्कन नदिने मधेशी समुदायको घुम्टो प्रथालाई चुनौति दिदै उनले आफ्नी बुहारी शान्तीलाई छोरीभन्दा पनि माया गरेर यहाँसम्म पुरयाएको बताइन् । 

 

शान्तीका श्रीमान गुरु सरण सदाले मुसहर समुदायबाट नेपालको ठुलो शोमा कोही आउन सकेको थिएनन्, चुनौतिलाई सामना गर्न नसकेर पनि होलान, तर शान्तीलाई यो समाजको चँगुलबाट उनको स्वतन्त्रता र कलालाई उजागर गर्न, उनको कलालाई स्थान दिनको लागि आफूले सकेजति सहयोग गरेको बताए । उनले पनि आफ्नो आमाको सहयोग बिना यहाँसम्म आउन सक्ने कल्पना समेत गर्न चाहेनन । 

 

कैयौं नेपाली र मैथिली एल्बममा आफ्नो स्वर सजाएकी शान्ती सदा र उनका श्रीमान गुरुसरण सदाले द भ्वाइस अफ नेपालको मँचसम्मको यात्रा तय गर्न सफल भएका छन् । अल्पसँख्यक र उत्पीडनमा परेको जाती भनेर सँज्ञा दिएको यही समाजले शान्तीको प्रस्तुतिपछि एउटा पाठ समेत सिकाइएको छ । बुहारी र सासू बीचको जुहारीले निम्त्याएको घरेलु हिँसा र परिवारीक कलहलाई तह लगाउँदै एउटी बुहारी र सासू आमाको सम्बन्ध कस्तो हुनुपर्छ भनेर पाठ सिकाइएको छ । 

 

अन्त्यमा गुरुसरण सदा र शान्ती सदाको यहाँसम्मको साहसिक यात्रा र समाजको लागि बनेको प्रेरणाको न्यूज ब्यूरो टिम सराहना गर्दछ 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०७६ भदौ ८ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus