अधिकृत चढ्ने जिपको ठक्करबाट भारतीय नागरिकको मृत्यु !

उक्त स्थानमा कसरी आएको वा कहाँ जान लागेको कुरा अझ खुल्न सकेको छैन ।

२०७६ श्रावण २८ मंगलबार
रति ८:२० बजे
न्यूज ब्यूरो | डेस्क
साँकेतिक तस्विर मात्र


न्यूज ब्यूरो, रौतहट । रौतहट जिल्लाको बौधीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चढ्ने जिपको ठक्करबाट एक जना भारतीय व्यक्तिको मृत्यु भएको छ ।


 गौरबाट बौधीमाई नगरपालिका तर्फ जाने क्रममा फतुवा पुल पारी राजपुर नपा २ स्थित डाइभर्सनमा विआर ३२ पिए १५४१ नम्वरको भारतीय स्कारपिओ जिप ब्याक गर्ने क्रममा ठक्कर लाग्दा भारत विहार सितामढी जिल्लाको पिपराढीका ६० बर्षिय विन्देश्वर दासको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

 

 ठक्कर दिने जिप र चालक गौर नपा ४ का राकेश सहनीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिदै रौतहट प्रहरीका एसपी भुपेन्द्रबहादुर खत्रीले मृतक दासको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा ल्याएको बताए ।

 

 बौधीमाई नगरपालिकाले सवारी साधन खरिद नगरिकन प्रमुख प्रशासकीय अधिकृतलाई चढ्नका लागि भारतीय नम्वरको जिप भाडामा सुविधा उपलब्ध गराएको बुझिएको छ । मंगलवार विहान सो नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र प्रसाद चन्द्रवंशीले नगरपालिका तर्फ जाने क्रममा बाढीबाट क्षतविक्षत भएका हुलाकी सडकको फतुवा पुल पारी रहेको डाइभर्सनमा गाडीहरुको जाम लाग्न थालेपछि मोटरसाइकल चढ्र चन्द्रवंशी कार्यालय गएपछि जिप ब्याक गर्ने क्रममा ६० बर्षिय दासलाई ठक्कर लाग्दा गम्भीर घाईते भए । 


 गम्भीर घाईत दासलाई सोही जिपमा राखेर जिल्ला अस्पताल गौरमा उपचारको लागि ल्याउदा चिकित्सकले मृत घोषित गरेको अस्पताल श्रोतबाट बुझिएको छ । मृतक भारतीय नागरिक दास उक्त स्थानमा कसरी आएको वा कहाँ जान लागेको कुरा अझ खुल्न सकेको छैन ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus