गर्भवति बुहारी हत्या आरोपमा सासु -सुरा पक्राउ  !

यस घटना बारे अनुसन्धान तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

२०७६ श्रावण २२ बुधबार
बिहान ०८:३० बजे
न्यूज ब्यूरो, डेस्क
साँकेतिक तस्विर मात्र


न्यूज ब्यूरो, सप्तरी । आफ्नै बुहारी (गर्भवति) लाई घाँटी थिचेर हत्या गरेको आरोपमा सासु ससुरालाई प्रहरीले पक्राउ गरेको छ । 

 

मँगलबार  सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।


आरोपितहरुले घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरी कर्तव्य ज्यानको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।  राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साउन ५ गते राति ल्याउँदा पीडितको मृत्यु भइसकेको थियो । 

 

मृतकको घाँटीमा डोरीको निलडाम र शरीरमा चोटपटक लागेको देखेपछि मृतकका दाजु रामसेवक यादवले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । मृतक तीन महीनाकी गर्भवती रहेकी थिइन् । यस घटना बारे अनुसन्धान तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहामा दारु तस्करीको मुख्य भिल्लेन बिओपीका सशस्त्र प्रहरी, पेलिए मात्र नेपाल प्रहरी

  • २०७६ श्रावण २२ बुधबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको माडर नाकाबाट भईरहेको व्यापक दारु तस्करीमा बिओपीको मिलोमत्तो हुँदै आएको छ । सीमा सुरक्षामा खटिएका र तस्करी रोक्न मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी र सीमानाकामा

पूरा पढ्नुहोस्

Bureau Menus