आज पनि चक्काजाम, अनिश्चिकालिन आन्दोलनको चेतावनी !

विहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म ३ घण्टा उनीहरु बीच सडकमा बसेर चक्काजाम गरेका थिए । 

२०७६ असार २० शुक्रबार
दिउसो १२:२२ बजे
न्यूज ब्यूरो | नेपाल

न्यूज ब्यूरो । समयमा सडक नबनाएको भन्दै शुक्रबार दोस्रो दिन जलेश्वर-जनकपुर सडकखण्डमा चक्काजाम गरिएको छ । 

 

स्थानीय ठेकेदारले असार मसान्त अघि नै सडक निर्माण गरिसक्ने प्रतिवद्धता जनाएपनि अहिलेसम्म सडक बनाएको कारण आम सर्वसाधारणहरु मार्कामा परेको भन्दै विरोध स्वरुप शुक्रबार ३ घण्टा चक्काजाम गरेका हुन् । जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रको सहभागितामा बीच सडकमै बसेर उनीहरु चक्काजाम गरेका हुन ।

 

स्थानीयवासीहरुको अगुवाई विद्यार्थी, विद्यार्थी नेता, युवा अगुवा, समाजसेवीहरुको समेत उपस्थितिमा ठेकेदारलाई कारवाहीको माग सहित दुई दिनभित्र सडक निर्माण कार्य पुनः सूचारु गर्नुपर्ने भन्दै आन्दोलित भएका छन् । विहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म ३ घण्टा उनीहरु बीच सडकमा बसेर चक्काजाम गरेका थिए । 


चक्काजामका कारण जनकपुरबाट जलेश्वरतर्फ जाने तथा जलेश्वरबाट जनकपुर तर्फ जाने सयौं सवारी साधनहरु बीच बाटोमै जकथक परेको थियो भने केही सवारीसाधनहरु वैकल्पिक बाटो अनाएर यात्रुहरुलाई गनतव्यसम्म पुरयाएको थियो । चक्काजामका कारण उक्त सडकखण्ड पुरै ३ घण्टा ठप्प रहेको थियो । 


यसका साथै ठेकेदारलाई २४ घण्टे अल्टिमेटम सहितको ज्ञापन पत्र महोत्तरीका प्रमुख जिल्ला अधिकारीलाई बुझाउने भएको छ । सिडिओलाई बुझाईने ज्ञापनपत्रमा ठेकेदारलाई २४ घण्टाभित्र काम सुचारु नगरे अनिश्चितकालिन आन्दोलनको चेतावनी समेत दिएका छन् । यसअघि ठेकेदारले जेठ मसान्तभित्रै सडक निर्माण भईसक्ने भनेपछि काम छाडेर भागेको युवा नेता एवम् विद्यार्थी नेता आशुतोष झा (नविन) ले जानकारी दिए । 


 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मिर्चैयामा भूमिहीन दलित तथा सुकुम्बासीलाई मेयर यादवले बाँडे निस्सा

  • २०७६ असार २० शुक्रबार

न्यूज ब्यूरो, सिरहा ।  मिर्चैया नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाइ निस्सा वितरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख श्रवण कुमार यादवे वडा नं ९ का ९५ जना भूमिहीन

पूरा पढ्नुहोस्

Bureau Menus