पक्राउ गरिएको भनिएका 'उपसचिव' यादवलाई झुठ्ठै फँसायो !

उनले आफू ५ बर्षअधि नै निलम्बनमा परेको भनेर अनुसन्धानको क्रममा बयान दिएको प्रवक्ता चिमोरियाले जानकारी दिए । 

२०७६ जेठ २९ बुधबार
बेलुकी ७:३७ बजे
न्यूज ब्यूरो | नेपाल
Photo : Google.com


न्यूज ब्यूरो, जनकपुरधाम । आफ्नै छोरीलाई जबरदस्ती गर्न खोज्ने भनेर भौतिक पूर्वाधार मन्त्रालयका एक उपसचिवलाई आवेगमै आएर फँसाइएको रहस्य बाहिर आएको छ । 

 

घरमा भएको सानो विवादकै कारण आवेगमा आएर परिवारकै एक सदस्यले जाहेरी दिएपछि उनलाई पक्राउ गरि अनुसन्धान थालिएको हो । आफ्नै छोरीलाई मोबाईलमा गेम यति नखेल्नु, राम्ररी पढनु, बढी मोबाईल नचलाउनु भनेर गाली गरेपछि आवेगमा आएकी छोरीले बुवाकै विरुद्ध जाहेरी दिएको बताइएको हो । 

 

यसअघि विभिन्न अनलाईनहरुमा आएको समाचार एक शिक्षकको जिकीर गरेकोमा उनकै छोरीको प्रेमीले उक्साएर जाहेरी दिन लगाएको पनि बुझिएको छ । "त्यो टिचरले यस्तो गर्नुपर्ने थिएन, आवेगको पनि सीमा हुन्छ नी, आवेगमै आएर प्रहरी बोलाएर कागजमा जे पायो त्यही लेखाएर पढन पनि दिएनन र जताततै हस्ताक्षर गरि उनलाई पक्राउ गरी लगे ।"- परिवारकै एक सदस्यले बताए । 

 

यसका साथै, पक्राउ गरिएको आरोपितले आफू उपसचिव नभएको प्रतिक्रिया दिएका छन् । उनले आफू ५ बर्षअधि नै निलम्बनमा परेको भनेर अनुसन्धानको क्रममा बयान दिएको प्रवक्ता चिमोरियाले जानकारी दिए । 
 

यता, जाहेरीमा जाहेरीदाताको रुपमा नाम उनको छोरीकी नाम उल्लेख भएनि उनको छोरीले कसैको दबाब र प्रभावमा आएर जाहेरी दिएको बुझिएको छ । जाहेरीमा के लेखिएको उनीहरुलाई नै केही थाहा छैन, उनको वुवाको बारेमा उसले यस्तो आरोप लगाउदै सक्दैनन् । यो आरोप पनि निराधार हो । एक आफन्तले नाम नखोल्ने शर्तमा न्यूज ब्यूरोलाई बताए । 

 

यस्तो पनि 
एकातर्फ छोरीकी प्रेमी भनिएका एक शिक्षकको उक्साहट र व्यक्तिगत स्वार्थको निहुंमा उनलाई भलिभांती फँसाइएको मात्र पनि बताइन्छ । पक्राउ गरिएका व्यक्तिको एक छोरी र एक छोरा छन् । छोरीले सुरुमा बुवासँग पढनको लागि ५० लाख रुपैयाँ मागेकी थिइन, तर उनको बुवाले अस्विकार भने गरेनन् । पढाईको लागि जति खर्च तिर्नुपर्छ तिर्ने पनि भनिदिए । तर उनकी छोरीले तिर्ने कुरा नगरेर हातमै ५० लाख नगद दिनुपर्ने बताएपछि शंका उब्जिएको थियो । त्यसपछि प्रेमीको उक्साहटमा भएभरका सम्पति सिंगो आफूलाई दिनुपर्ने अडान राखेपछि उनको बुवाले छोरालाई के दिने ? भनेर भनेपछि उनी आक्रोसित बनेकी थिईन । त्यसपछि उनको अडानमा छोरी भएकोले सम्झाउँदै गाली समेत गरेपछि उनको प्रेमीले झन उक्साएर यस्तो गर्न लगाएको बुझिएको छ । 
 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका यादव थरका एक उपसचिव आफ्नै छोरीलाई जबरदस्ती गर्ने प्रयास गरेको आरोप आवेगमा आएर लगाइको बताइएको छ । प्रहरी समक्ष दिएको जाहेरीमा उल्लेख भए अनुसार अनुसन्धानको लागि मात्र उनलाई पक्राउ गरिएको ललितपुर प्रहरीका प्रवक्ता नारायण प्रसाद चिमोरियाले जनाएका छन् । 

 

प्रवक्ता चिमोरियाले बुधबार साँझ न्यूज ब्यूरोसँग कुराकानी गर्दै पक्राउ गरिएको व्यक्ति विरुद्ध उनकै छोरीले जाहेरी दिएको पाईएपछि उनलाई अनुसन्धान गर्नुपर्ने अवस्था आएकोले अनुसन्धानको लागि नियन्त्रणमा लिएको जानकारी दिए । 

 

"यो विषय एकदमै संवेदनशिल छ । यसमा गहन अनुसन्धान गर्नुपर्ने हुन्छ । जोहरीमा रेप अटेन्ड भनेर उल्लेख गरिएको छ । बलात्कार भएको वा गरेको भनेर छैन । बलात्कारको प्रयास मात्र गरेको भनेर उल्लेख गरिएको छ । मिडियाहरुले त्यतिकै जथाभावी लेखे । यो मिडियो कुरा हो । पक्राउ गरिएका अभियुक्तको नाम, ठेगाना र बाँकी अन्य विवरण समेत गोप्य राखिएको छ ।"- प्रहरी प्रवक्ता चिमोरियाले भने । 

 

आरोप लगाइएका व्यक्ति कुनै बेला आफ्नो कलेजका टपर थिए भने उनको स्वभाव पनि निकै संवेदनशिल र सभ्य भएको उनका निकटका साथीहरु बताउँछन् । उनले यस्तो गर्ने नसक्ने दाबी पनि उनीहरु गर्छन् । उनलाई सुनुयोजित तरिकाले सम्पतिको लोभमा फँसाएको हुन सक्ने बताइएको छ । उनी गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिबाट समेत सम्मानित भएका व्यक्ति हुन ।

 

प्रहरीले अनुसन्धान सुरु गरेको छ भने अहिले आरोप पुष्टि नभएलगत्तै काठमान्डौंका मिडियाहरुले आरोपित साबित गरिसकेको थियो । यस्ता संवेदनशिल मुद्दामा आरोपितको विवरण खुलाउन नपर्ने भएपनि विवरण खुलाएको र पछि समाचार सम्पादन गरिएको देखिएको छ । 

 

==================================

(रातोपाटीमा आएको समाचारको आधार मानी समाचार सभार गरी न्यूज ब्यूरोले रातोपाटी समाचारको अरिजिनल लिंक सहित समाचार विना सम्पादनको प्रकाशित गरेको थियो । हामी त्यो समाचारको लागि क्षमा प्रार्थी छौं, भूलवंश समाचार विना सम्पादनको गएकोमा हामी हृदयदेखि क्षमाप्रार्थी छौं । आउँदो दिनमा सुधारको लागि तत्पर हुनेछौं- सम्पादक)
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरो, जनकपुरधाम । कर्ण कायश्थ जातको जातीय समूह मल्लिक पंजीकार समूह काठमान्डौँमा सम्मानित भएको छ ।  नेपाल चित्रगुप्त समाज काठमान्डौँ, चित्रगुप्त एवंम सँस्कृति कार्यक्रममा सहभागीता जनाएको समाजले उत्तम प्रस्तुति दिएको

पूरा पढ्नुहोस्

Bureau Menus