धनुषा : रक्सी स्मगलरले लुटे प्रहरीको पेस्तोल र गोली, अवस्था तनावग्रस्त ! 

जटही नाका सहित अन्य नाकाबाट भन्सार कर्मचारी, प्रहरी प्रशासनकै मिलोमत्तोमा करोडौँको अबैद्य समानहरु तस्करी गर्दै नेपाल भित्रयाउँदै आएका छन् ।

२०७६ बैशाख १८ बुधबार
दिउसो १:०५ बजे
न्यूज ब्यूरो | नेपाल
सन्दर्भ तस्विर मात्र । यो अरिजिनल फोटो होईन ।


न्यूज ब्यूरो, जनकपुरधाम । तस्करको मूल नाका मानिएको धनुषाको मुखियापट्टि मुसरनीयामा पुनः स्मगलर (तस्कर) हरु प्रहरी उपर नै हावी भएको देखियो । 


बुधबार विहान करिब ४ बजेको समयमा नेपालबाट भारततर्फ अवैद्य रक्सी स्मगलिंग गरिरहेका केही तस्करहरुलाई प्रहरीले रोक्न खोज्दा तस्करले नै प्रहरीको पेस्तोल र गोली खोसेर भागेको बताइएको छ । हालाकी यस तथ्यलाई जिल्ला प्रहरी कार्यालय धनुषाले भने पुष्टि गरेका छ्रैनन् ।


केही सँचारमाध्यमहरुमा प्रहरीको पेस्तोल र गोली खोसेर भागेको समाचार आएपछि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले प्रहरीको पेस्तोल खोसेर भागेको कुरा प्रमाणित भइनसकेको तथा आफूलाई यसबारे केही जानकारी नआएको प्रतिक्रिया दिए । 

 

उनले भने, - "आज विहान करिब ४ बजेतिरको घटना हो, भारतको विहारमा रक्सी बैन गरिसकेको अवस्थामा नेपालबाट अवैद्य तरिकाले केही स्मगलरहरुले रक्सी स्मगलिँग गर्दै थियो । हाम्रो पुलिसले देखेपछि उनीहरुलाई रोक्ने प्रयास गरेको थियो । उनीहरु २०/२५ जनाको समूहमा भएकोले भाग्न सफल भएको जानकारी आएको छ । हामी घटनास्थलमा प्रहरी नायब उपरीक्षक डिएसपी ज्ञान कुमार महतोलाई घटनास्थलमा पठाएका छौँ । रिपोर्ट आउन बाँकी छ ।" 

 

तस्करहरुले गस्तीमा रहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (सई) प्रमोद कुमार साहसँग रहेको चाइनिज पेस्तोल १ थान र त्यसमा प्रयोग हुने गोली म्यागेजिन समेत लुटेर लगेको बुझिएको छ । 

 

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटि गएको टोली सहित मोटो सँख्यामा प्रहरी परिचालन गरिएको हो । त्यहाँको अवस्थालाई मध्यनजर गर्दै मोटो सँख्यामा प्रहरी परिचालन गरिएको डिएसपी कार्कीले थपे । 

 

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'सोच परिवर्तन भए मात्र देशको विकास सम्भव छ'

  • २०७६ बैशाख १८ बुधबार
  • ईन्द्रजीत गोईत

हाम्रो देशको अवस्था दिनप्रतीदिन नाजुक हुँदै गइरहेको छ । हाम्रो पहिचान समाप्त हुँदै गइरहेको छ । हाम्रो देशको विकास तब मात्र सम्भव छ जब यो देशको हरेक नागरिक आफ्नो जिम्मेवारी

पूरा पढ्नुहोस्

Bureau Menus